कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको संगठन सुदृढिकरण अभियास सुरु

१० माघ २०७३, सोमबार ०२:४१


कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टि सुदृढिकारण अभियान सुरु गरेको छ । 

क्षेत्रीय समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर–३ का चारओटै पालिकामा कार्यक्रम गर्न लागिएको हो । क्षेत्रीय समितिको आयोजनामा आईतबार प्रश्तावित तमानखोला गाउँपालिकाको कार्यक्रम बोङ्गादोभानमा भएको छ । कार्यक्रममा गाउँपालिका अन्तरगतका बोङ्गादोभान, तमान र खुङ्खानी गाविसका अगुवा कार्यकर्ता सहभागी थिए । 

सो अबसरमा क्षेत्रीय सभापती दोर्णकुमार कुँवरले पार्टि, संगठन निर्माण र सुदृढिकरणमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

सांसद ज्ञानकुमारी छन्त्याल, महाधिवेशन प्रतिनिधिहरु सिंहबहादुर राना, धिरप्रताप सिंह, जीत सेरचन, कृष्ण केसी र सागर छन्त्याल, जिल्ला सदस्य रविन्द्र बुढाथोकी, मेषलाल शर्मा, खडक बहादुर जिसी, क्षेत्रीय कोषाध्यक्ष तुल्सी नेपाली लगायतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो । 

बक्ताहरुले अब तत्काल हुने स्थानिय निर्वाचनका लागि तयार रहन कार्याकर्तालाई आग्रह गरेका थिए । उनिहरुले स्थानिय विकास निर्माणका काममा स्थानियवासीसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अबको एक बर्षभित्र स्थानिय, प्रादेशिक र संघिय सांसद्को निर्वाचन गर्नैपर्ने भएकाले पार्टि संगठनलाई चुस्त बनाउँदै स्थानिय रुपमा गातिविध बढाउन आग्रह गरेका छन् । 

बोङ्गादोभान गाविसका सभापती खगेन्द्रमान पुन, तमानका सभापती झकबहादुर घर्ती र खुङ्खानीका सभापती सुरेन्द्र छन्त्यालले आफ्नो गाविस र वडा स्तरमा पार्टिको अबस्था, विकास निर्माणको काम लगायतका स्थानिय विषयमा रिपोर्टिङ गरेका थिए । 

कार्यक्रम क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता, उपसभापती नर्जङ घर्तीको स्वागत र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । अभियान अन्तरगतको कार्यक्रम आज निसीखोला गाउँपालिकाको देविस्थानमा, भोली बडिगाड गाउँपालिकाको ग्वालीचौरमा र पर्सि ढोरपाटन नागरपालिकाको बोबाङमा हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह