2026-07-11 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह

माघ १०, काठमाडौँ । पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

मञ्चको आइतबार बसेको सचिवालय बैठकले २०७४ साल माघसम्ममा स्थानीय तह, प्रदेश सभा र संसद्को निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्थालाई हेक्कामा राख्न संसद् र राजनीतिक दललाई सुझाव दिएको छ । 

अब केही दिनभित्रै निर्वाचनसम्बन्धी कानुन नआउने हो र चुनावको मिति घोषणा नहुने हो भने आगामी जेठभित्र चुनाव गराउने सम्भावना रहन्न भन्ने कुराप्रति सचेत रहन पनि मञ्चले आग्रह गरेको छ । 

नेपालको संविधानले संसद् सदस्य रहेको व्यक्तिमात्र मन्त्रिपरिषद्मा जान सक्ने व्यवस्था किटानी गरेकामा त्यस विपरीत निर्वाचन आयोगबाटै खारेज भएको दलका व्यक्तिलाई मन्त्रिपरिषद्मा नियुक्त गर्ने कार्यबाट संविधानको उल्लङ्घन भएकोतर्फ सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । 

मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “यस्ता कार्यले राजनीतिमा नैतिक मूल्य मान्यताको ह्रास हुँदै जानेछ । यसलाई समयमै सच्याउन सचिवालय सरकारको ध्यान आकृष्ट गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली