१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा बस र ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते (नामावलीसहित)

११ माघ २०७३, मंगलवार ०९:३१

माघ ११, मोरङ । बनिगामा र झोराहाटमा आज बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । 

दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सवीना श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ । 

त्यस्तै मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को१त ६४९१ नंको ट्र्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौँडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैँचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन् । 

घाइते दुवैको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह