२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा बस र ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते (नामावलीसहित)

२०७३, ११ माघ मंगलवार ०९:३१

माघ ११, मोरङ । बनिगामा र झोराहाटमा आज बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । 

दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सवीना श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ । 

त्यस्तै मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को१त ६४९१ नंको ट्र्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौँडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैँचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन् । 

घाइते दुवैको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन