माघ ११, रोल्पा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले थवाङमा दुई करोड लागतमा एक हजार बढी मान्छे अट्ने हल बनाएको छ ।

आगामी फागुन १ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, रोल्पा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले थवाङमा दुई करोड लागतमा एक हजार बढी मान्छे अट्ने हल बनाएको छ ।

आगामी फागुन १ "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

थवाङमा विप्लव माओवादीले बनायो एक हजार मानिस अट्ने हल

११ माघ २०७३, मंगलवार १२:२६


माघ ११, रोल्पा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले थवाङमा दुई करोड लागतमा एक हजार बढी मान्छे अट्ने हल बनाएको छ ।

आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न लागेको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि रोल्पाको थवाङमा निर्माणाधीन हलको काम अन्तिम चरणमा पुगेको छ ।

फागुन १ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन गरी फागुन ४ देखि करिब एक सातासम्म रोल्पाको थवाङमा बन्दसत्र सञ्चालन हुने नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगरले बताए ।

एकसय ६५ फिट लम्बाइ र ४० फिट चौडाइको सो हलमा एक हजारभन्दा बढी मान्छे अट्ने क्षमता रहेको बुढाले बताए ।

सहिद स्मृति हल नामाकरण गरिएको उक्त हल निर्माणका लागि हालसम्म राप्तीका पाँच जिल्लाका अतिरिक्त बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र बागलुङका झन्डै १८० भन्दा बढी नेता कार्यकर्ताले पाँचदेखि १० दिनसम्म श्रमदान गरेको बुढामगरले जानकारी दिए।

महाधिवेशनका क्रममा पार्टी स्थायी समिति र पोलिटब्युरोको बैठक प्रयोजनका लागि तीनकोठे छुट्टै भवन समेत निर्माण भइरहेको छ । यसैगरि महिला र पुरुषका लागि छुट्टाछुट्टै १२ कोठे पक्की शौचालय समेत निर्माण भइरहेको बुढामगरले जानकारी दिए ।

हल निर्माणको काम केन्द्रबाट सिधै भएको बताइएको छ । पार्टीका विभिन्न कमिटी, पार्टी सदस्य, शुभेच्छुकबाट सहयोग सङ्कलन तथा नेता कार्यकर्ताबाट श्रमदान गरी सो भवन निर्माण गर्न लागिएको नेकपा माओवादी, रोल्पाका सेक्रेटरी दलबहादुर खत्री जागृतीले जानकारी दिए ।

वीर बलभद्र माध्यमिक विद्यालय थवाङको हाताभित्र निर्माण गरिएको सो हल महाधिवेशन प्रयोजनपश्चात् संरक्षण र व्यवस्थापनको जिम्मेवारीसहित सोही विद्यालयलाई हस्तान्तरण गरिने बताइएको छ ।

वर्तमान सत्ताको केन्द्र काठमाडौंमा उद्घाटन गरी माओवादी जनयुद्धको केन्द्र थवाङमा बन्दसत्र गर्नु अर्थपूर्ण रहेको खत्रीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै