माघ ११, रोल्पा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले थवाङमा दुई करोड लागतमा एक हजार बढी मान्छे अट्ने हल बनाएको छ ।

आगामी फागुन १ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, रोल्पा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले थवाङमा दुई करोड लागतमा एक हजार बढी मान्छे अट्ने हल बनाएको छ ।

आगामी फागुन १ "/>

2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

थवाङमा विप्लव माओवादीले बनायो एक हजार मानिस अट्ने हल


माघ ११, रोल्पा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले थवाङमा दुई करोड लागतमा एक हजार बढी मान्छे अट्ने हल बनाएको छ ।

आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न लागेको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि रोल्पाको थवाङमा निर्माणाधीन हलको काम अन्तिम चरणमा पुगेको छ ।

फागुन १ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन गरी फागुन ४ देखि करिब एक सातासम्म रोल्पाको थवाङमा बन्दसत्र सञ्चालन हुने नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगरले बताए ।

एकसय ६५ फिट लम्बाइ र ४० फिट चौडाइको सो हलमा एक हजारभन्दा बढी मान्छे अट्ने क्षमता रहेको बुढाले बताए ।

सहिद स्मृति हल नामाकरण गरिएको उक्त हल निर्माणका लागि हालसम्म राप्तीका पाँच जिल्लाका अतिरिक्त बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र बागलुङका झन्डै १८० भन्दा बढी नेता कार्यकर्ताले पाँचदेखि १० दिनसम्म श्रमदान गरेको बुढामगरले जानकारी दिए।

महाधिवेशनका क्रममा पार्टी स्थायी समिति र पोलिटब्युरोको बैठक प्रयोजनका लागि तीनकोठे छुट्टै भवन समेत निर्माण भइरहेको छ । यसैगरि महिला र पुरुषका लागि छुट्टाछुट्टै १२ कोठे पक्की शौचालय समेत निर्माण भइरहेको बुढामगरले जानकारी दिए ।

हल निर्माणको काम केन्द्रबाट सिधै भएको बताइएको छ । पार्टीका विभिन्न कमिटी, पार्टी सदस्य, शुभेच्छुकबाट सहयोग सङ्कलन तथा नेता कार्यकर्ताबाट श्रमदान गरी सो भवन निर्माण गर्न लागिएको नेकपा माओवादी, रोल्पाका सेक्रेटरी दलबहादुर खत्री जागृतीले जानकारी दिए ।

वीर बलभद्र माध्यमिक विद्यालय थवाङको हाताभित्र निर्माण गरिएको सो हल महाधिवेशन प्रयोजनपश्चात् संरक्षण र व्यवस्थापनको जिम्मेवारीसहित सोही विद्यालयलाई हस्तान्तरण गरिने बताइएको छ ।

वर्तमान सत्ताको केन्द्र काठमाडौंमा उद्घाटन गरी माओवादी जनयुद्धको केन्द्र थवाङमा बन्दसत्र गर्नु अर्थपूर्ण रहेको खत्रीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई