कृष्ण कँडेल/माघ ११, बागलुङ । चरम राजनितिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा असन्तुष्ट पक्षको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/माघ ११, बागलुङ । चरम राजनितिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा असन्तुष्ट पक्षको "/>

2026-09-19 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उत्तरगंगा माविको व्यवस्थापन समिति गठनमा जे देखियो (फोटोफिचर)


कृष्ण कँडेल/माघ ११, बागलुङ । चरम राजनितिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङमा असन्तुष्ट पक्षको असहमति विच निर्वाचनबाट विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । 

अघोषित रुपमा बनार्ईएको नेपाली काँग्रेश र राष्ट्रिय जनमोर्चा पक्षधरहरुको पुरै बर्चश्व सहित चुडाबहादुर कुँवरको अध्यक्षतामा समिति गठन भएको बताईन्छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र नेकपा माओवादी पक्षधरले आफु पराजित हुने देखेपछि निर्वाचन प्रक्रिया बहिष्कार गरेको चर्चा छ । 

यस अघि पनि विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापक नियुक्ति लगायतका विषयमा विभिन्न राजनितिक दल सर्मथक विच तिब्र विवाद हुँदा झडप समेत हुने गरेका थिए । तर यस पटक शान्तिपुर्ण रुपमा समिति बनेको हो । चार जना सदस्य अभिभावक भेलाबाट चयन गर्नु पर्नेमा १७ जनाको उम्मेद्वारी परेको थियो । 

दुई महिला सदस्यका लागि ५ पाँच जनाको उम्मेद्वारी परेपनि गौमती कुमाल र तारा आचार्यको नाममा सहमती गरेर नेत्र कुमारी खनाल, रुन्जती पाण्डे र गिता कुमालले उम्मेद्वारी फिर्ता लिएपछि सर्बसम्मत भएको थियो । 

दुई खुल्ला सदस्यका लागि १२ जनाको उम्मेद्वारी दिएकोमा अन्तिम समयमा आएर ७ जनाले आँफै फिर्ता लिएपछि चुनावि मैदानमा ज्ञानप्रसाद कँडेल, उद्धविर घर्ती, नरबहादुर कँवर, बालसम कुँवर र दिलबहादुर कुँवर थिए ।  सर्बसम्मतको प्रयास गर्दा गर्दै साँझ साढे ६ भईसकेको थियो ।

अबेरसम्म पनि सहमती नभएपछि अघोषित एमाले–माओवादी गठबन्धका कँडेल, उद्धविर र दिलबहादुरले सर्बसम्मत नभए फेरी अर्को दिन अभिभावक भेला गरि नयाँ प्रक्रिया सुरु गरेर सबै अभिभावकको उपस्थितीमा समिति गठन गर्नुपर्ने अडान राखेका थिए । 

तर मतदान अधिकृत तथा स्रोतव्यक्ति बेदबहादुर बुढा, भेलाको अध्यक्षता गर्नुभएका प्रधानाध्यापक धनबहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री लगायतले यस अघि पनि दुई ओटा भेला भईसकेको र यो तेस्रो भेलामा उपस्थित भएका अभिभावकबाट मतदान गरेरै भएपनि निकास निकाल्नुपर्ने बाध्यता रहेको भन्दै निर्वाचन प्रक्रिया अघि बढाएपछि एमाले–माओवादी गठबन्धनले प्रक्रिया बहिष्कार ग¥यो । खुल्ला २ सदस्यका लागि काँग्रेश–राजमो गठबन्धनका उद्धविर घर्ती र नरबहादुर कुँवर मात्र चुनावि मैदानमा रहे । असन्तुष्ट पक्षको बहिष्कार विच भएको निर्वाचनमा ३९ मत खसेकोमा ३३ मत ल्याएर नरबहादुर र २८ मत ल्याएर उद्धविर विजयी भएको निर्वाचन अधिकृत वेदबहादुर बुढाले जानकारी दिनुभयो । 

प्रक्रियामा सहभागी नभएका ज्ञानप्रसाद कँडेलले ६, दिलबहादुर कुमाल र बालसम कुँवरले १, १ मत प्राप्त गरेका बुढाको भनाई छ । 

यसरी प्राप्त नजिता अनुसार चयन भएका चार जना सदस्य र प्रधानाध्यापक सहितको ५ जनाको समितिले चुडाबहादुर कुँवर र २ महिला सदस्यमा सर्बसम्मत गर्ने क्रममा उम्मेद्वारी फिर्ता गर्नुभका नेत्र कुमारी खनाललाई मनोनयन गरे । सात जनाको समितिबाट चुडाबहादुर कुँवरलाई अध्यक्ष बनाईयो । 

तर प्रक्रियामा सहभागी नभएका तिनै जनाले नियम विपरित एकलौटि गरेका कारण नजिता नस्विकार्ने बताएका छन् । उनिहरुले तेस्रो भेला हुनका लागि लगातर ३ दिनको अन्तरालमा ३ वटा भेला हुनुपर्ने, १ हजार ५७ मतदाता रहेकोमा जम्मा ३९ जनामात्र निर्वाचनमा सहभागी भएका र आफुहरु सहित सहभागी नभएका सवैले प्रक्रिया बहिष्कार गरेका, सिमित व्यक्तिले रातारात समिति नै कब्जा गर्ने गरि चुनाव गरेकाले नमान्ने बताएका छन् । उनिहरु तिनै जनाले नियम विपरित भएको गठन प्रक्रिया विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । 

तर श्रोतव्यक्ति बुढाले कार्यविधि अनुसार पहिलो भेलामा कुल अभिभावकको ५१ प्रतिशत उपस्थित हुनपर्ने, दास्रोमा ३३ प्रतिशत र तेस्रो भेलामा जति उपस्थित हुन्छन् त्यसको बहुमतले समिति सदस्य चयन गर्न सक्ने प्रावधान अनुसार विधि सम्मत रुपमा समिति गठन गरिएको बताउनुभएको छ । बुढाले यस अघि असोजमा दुईओटा भेला भईसकेकाले अहिलेको भेला तेस्रो भएको बताउनुभएको छ । 

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले सर्वसम्मत नभएको अबस्थामा मदतान गर्नु पर्दा विद्यालय निरीक्षक मात्र मतदान अधिकृत हुनसक्ने भएकाले श्रोतव्यक्तिले निर्वाचन गराउन नमिल्ने बताउनुभयो । 

उहाँले श्रोतव्यक्ति बेदबहादुर बुढालाई सम्बन्धित विद्यालय निरीक्षक सँग समन्वय गरेर काम गर्न आफुले यस अघि नै निर्देशन दिएका बताउनुभयो । स्रोतव्यक्ति बुढाले भने विद्यालय निरीक्षक भरतकाजी अर्यालको कार्यव्यस्तताले गर्दा आफ्नो संयोजकत्वमा विव्यास गठन सहयोग समिति गठन गरेर आफु नै मतदान अधिकृत रहने गरि काम गर्नुपर्ने बाध्यता रहेको दावि गर्नुभएको छ । 

अभिभावक भेला प्रअ धनबहादुर कुँवरको अध्यक्षतामा भएको थियो । स्रोतव्यक्ति बुढा, प्रअ कुँवर र शिक्षक अभिभावक संघ अध्यक्ष धनबहादुर कुँवर मन्तव्य राख्नुभएको थियो । 

प्रअ कुँवरले मनत्व्य राख्ने क्रममा यसअघि बलपुर्वक ददिराम अर्यालको अध्यक्षता विव्यास गठन गरि बाहालवाल प्रअ आफुलाई नियोजित रुपमा हटाएर ईश्वरीप्रसाद पौडेललाई प्रअ बनाईएपछि विद्यालयमा विद्यालय विग्रिँदै गएको दाबि गर्नुभएको थियो । 

आफ्नो पक्षको असहमती विच निर्वाचन प्रक्रिया अघि बढार्ईपछि पुर्वअध्यक्ष अर्यालले आक्रोशित हुँदै ‘म पुर्वअध्यक्ष होईन ? ईश्वरीप्रसाद पौडेल पुर्वप्रअ होईनन् ? हामीलाई पनि स्पष्टिकरण दिन मौका दिनुपर्थेन ? तिमीहरु एकलौटि ढंगले आफुहरु मात्रै बोल्ने ?’ भन्दै आपत्ति जनाउनुभएको थियो । उहाँ लगायत असन्तुष्ट पक्षको असहमती विच श्रोतव्यक्ति बुढाले निर्वाचन प्रक्रिया अघि बढाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई