४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरीजलमै खानेपानीको अभाव

१२ माघ २०७३, बुधबार १०:५२

माघ १२, काठमाडौँ । उपत्यकामा सबैभन्दा बढी पानी उत्पादन गर्ने वाग्मतीको मुहानस्थल सुन्दरीजल क्षेत्रमा १५ दिनदेखि खानेपानी सेवा अवरुद्ध भएको छ । 

गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको वाग्मती नदीबाट निस्कने पानी नै उपत्यकामा सबैभन्दा बढी वितरण हुँदै आएकामा पुस अन्तिम सातादेखि धारामा पानी नआएको स्थानीय रामकुमार श्रेष्ठले बताउनुभयो । 

“यहाँबाट उपत्यकामा ठूलाठूला पाइपमा पानी वितरणका लागि लगिएको छ, यो क्षेत्रमा भने हामी बेला बेलामा पानी पाउँदैनौँ, घरमुनिबाट पाइपमा पानी जान्छ, हामी वाग्मती नदी, कुवा वा ढुङ्गेधारामा पानी खोज्न जान बाध्य छौँ, यसपटक १५ दिनदेखि पानी आएको छैन”– उहाँले भन्नुभयो । 

मेलम्चीको पानी सुरुङबाट ल्याएपछि सुन्दरीजलमै प्रशोधन गरी उपत्यकामा वितरणका लागि प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुन्दरीजल पानीको राजधानी भए पनि यहीँ पानी खान नपाइएको स्थानीयवासीको दुःखेसो छ । 

हाल उपत्यकामा दैनिक ३७ करोड ५० लाख लिटर खानेपानीको माग रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो । 

“उपत्यकाका सबै स्रोतबाट गरी हाल १३ करोड लिटर पानी मात्र उत्पादन भइरहेको छ, सुक्खा मौसम सुरु भएकाले उत्पादन अझै घट्दै जानेछ, सुन्दरीजल क्षेत्रमा भने अहिले छ दिनमा एकपटक पानी वितरण भइरहेको छ, उपत्यकामा सबैभन्दा बढी पानी यही उत्पादन हुन्छ”– उहाँले भन्नुभयो । 

सुन्दरीजल प्रशोधन केन्द्रबाट दैनिक दुई करोड १० लाख लिटर पानी उत्पादन हुन्छ । बोरिङ समेत गरी यस क्षेत्रबाट पाँच करोड लिटर पानी दैनिक उत्पादन हुने गरेको काठमाडौँ उपत्यका खानपानी लिमिटेड महाँकालचौर शाखा प्रमुख उमेशबाबु मरहट्ठाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ