माघ १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारे ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारे ।<"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताव अघि सारेर निर्वाचन विथोल्ने षड्यन्त्र: भट्टराई

१३ माघ २०७३, बिहीबार ०८:३७

माघ १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भैरहेको समेत आरोप लगाए ।

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए बैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे । ‘चुनावको लागि सकारात्मक सहयोग गर्न एमाले जहिलेपनि तयार छ,’ उनले भने ।

सचिव भट्टराईले नेपाल–भारतवीच ऐतिहाँसिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्धिपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले भने,‘हरेक देशका आ–आफ्ना संवेदनशिलता हुन्छन्, नेकपा एमाले कुनैपनि मित्रराष्ट्रको संवेदनशिलतामाथि खेलवाड गर्दैन, र हाम्रो देशको संवेदनशिलतामाथि पनि कसैले खेलवाड गर्न पाईँदैन् ।’

जनसंख्या, भूगोल र आर्थिक सामाजिक रुपबाट मुलुक सानो ठूलो हुन सक्ने भएपनि मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, राष्ट्रियता जस्ता कुरामा कुनै देश सानो र कुनै देश ठूलो नहुने उनको भनाई थियो ।

उनले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने दाबी गरे । भट्टराईले भने,‘नेपालले त ईतिहाँसमै कहिल्यैपनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ, त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ