माघ १३, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १३, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन विद्येयक काम न काजको छ: यादव

१३ माघ २०७३, बिहीबार ०८:४५

माघ १३, काठमाडौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन् ।’

यादवले संसदमा दर्ता भएको विद्येयक काम न काजको भएको समेत टिप्पणी गरे । उनले अघि थपे,‘यो विद्येयक पास गरेपनि केही हुनेवाला छैन, फेल भएपनि केही हुनेवाला छैन।’

संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आँफैले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम भैरहेको समेत आरोप लगाए । 

यादवले भने,‘अहिलेको सरकारले आफूले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६/७ जना लाईनमा बसिरहेका छन् ।’

उनले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे ।

अध्यक्ष यादवले मुलुकको आन्तरिक समस्यालाई आँफैले हल गर्न सकिए अरुले केही गर्न नसक्ने समेत स्पष्ट पारे । स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्विकार्य नभएको जिकिर गर्दै यादवले भने,‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होईन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ?, नयाँ व्यवस्था अनुसार, पूरानो त गैसक्यो ?’

यादवले अहिलेसम्म सरकार र प्रमुख दलहरु स्थानीय तहको चुनाव गर्ने कि स्थानीय निकायको भन्नेमा नै अन्यौलमा रहेको आरोप लगाए । यादवले थपे,‘संविधानमा स्थानीय तहको निर्वाचन गर्ने व्यवस्था छ, निकाय पूराने भैसक्यो, तहको गर्ने हो भने आयोगको प्रतिवेदन मन्त्रालयमा थन्किएर बसिरहेको छ, प्रतिवेदनको जताततै विरोध भैरहेको छ ।’

फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पारे। यादवले विदेश नीतिबारे सबै दलहरुवीच एकरुपता हुनुपर्ने बताउँदै भने,‘विदेश नीति मुलुकको हुनुपर्छ, पार्टी पार्टीवीच भिन्दाभिन्दै होईन ।’

यादवले नेपालमा दलैपिच्छै छुट्टाछुट्टै विदेश नीति भएकोले गडबडी भएको गुनासोसमेत गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा