माघ १३, काठमाडौं । भन्सार क्षेत्रलाई आधुुनिकीकरण एवम् पारदर्शी बनाउँदै व्यापार सहजीकरणका लागि पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवम् कार्यायोजना अग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १३, काठमाडौं । भन्सार क्षेत्रलाई आधुुनिकीकरण एवम् पारदर्शी बनाउँदै व्यापार सहजीकरणका लागि पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवम् कार्यायोजना अग"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार सुधार रणनीतिः १० अर्ब खर्चेर पूर्वाधार विकास गरिने

१३ माघ २०७३, बिहीबार १०:४३

माघ १३, काठमाडौं । भन्सार क्षेत्रलाई आधुुनिकीकरण एवम् पारदर्शी बनाउँदै व्यापार सहजीकरणका लागि पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवम् कार्यायोजना अगाडि बढाइएको छ ।

भन्सार विभागले आज यहाँ आयोजना गरेको ६५औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४ साउनदेखि २०७८ सम्मका लागि चार वर्षीय पाँचौँ रणनीति सार्वजनिक गरेका हुन् ।

उक्त रणनीतिमा व्यापार सहजीकरण, सदाचारिता र सुशासन, स्वचालन, जनशक्ति विकास, भौतिक पूर्वाधार विकास, यात्रु जाँचपास, राजस्व विचलनमा कमी, कानुनको स्वेच्छिक परिपालना, समाजको संरक्षण र सीमाको समन्वयात्मक व्यवस्थापनजस्ता रणनीति पहिचान गरिएको छ ।

उक्त रणनीतिको कार्यान्वयनपछि भन्सार प्रशासन प्रक्रिया सरल एवम् स्वचालित हुने, भन्सारसँग सम्बन्धित कानुन संशोधन भई क्योटो महासन्धि र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको प्रावधान अनुकूल हुने भन्सार विभागको दाबी छ ।

त्यसैगरी अर्थमन्त्री महराले व्यापार प्रक्रियामा लाग्ने समय पहिचान गर्न सकिने प्रतिवेदन सार्वजनिक गर्नुका साथै निर्यात तथा आयातकोड हस्तान्तरण गरे। उनले भन्सार विभागको भूमिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा असर पार्ने भएकाले यसलाई विश्वसनीय बनाउनुपर्ने बताए।

अगामी दिनमा आवश्यक नीति तयार गरी राजस्व बोर्ड गठन गरेर राजस्व क्षेत्रलाई व्यवस्थित एवम् आधुनिकीकरण गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । तथ्याङ्कमा आधारित प्रणाली आधार (डेटा बेस)मार्फत भन्सारलाई आधुनिकीकरण गरिने मन्त्री महराको भनाइ थियो ।

अर्थ सचिव डा. शान्तराज सुवेदीले भन्सार प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाएर सेवाग्राही मैत्री बनाएर लैजाने र त्यसका लागि सरकारले विशेष प्राथमिकता दिने बताउनुभयो । व्यापारीलाई पारदर्शी रुपमा व्यापार गर्न र त्यसमा सहजीकरण गर्न भन्सार कर्मचारी प्रतिबद्ध रहेको उहाँले बताए ।

राजस्व सचिव राजन खनालले व्यापारलाई वैध बनाउनका लागि निर्यात तथा आयात कोडको व्यवस्था गरिएको र सही व्यापारीलाई उक्त कोड लिएर आफ्नो व्यापारलाई व्यवस्थित गराउन आग्रह गरे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले राज्यका सूचनालाई खुला गरेपछि पारदर्शिता एवम् जिम्मेवारी बढ्ने भएकाले त्यतातर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । भन्सार र अन्तःशुल्क बोर्ड गठन गरेर अगाडि बढ्न उहाँले सुझाव दिए ।

राजस्व न्यायाधीकरणका अध्यक्ष डिल्लीराम आचार्य र भन्सार विभागका पूर्व महानिर्देशक सूर्यप्रसाद आचार्यले भन्सार प्रशासनलाई सुधार गर्दै प्रविधिमैत्री बनाउन र व्यापारीलाई पारदर्शी हुन सुझाव दिए ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले आगामी चार वर्षभित्र अन्तर्राष्ट्रियस्तरको भन्सार सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले  १० अर्ब ४० करोड खर्च गरेर पूर्वाधार विकास गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राज्यले असुल गरेको राजस्वअनुसारको सेवा प्रदान गर्न नसकेको भन्दै राज्य उद्योगी व्यापारीप्रति उदार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व महानिर्देशक सूर्यप्रसाद आचार्य, विभागका उत्कृष्ट कर्मचारी तथा विभागका निर्देशक कुलराज ज्ञवाली र भन्सारसम्बन्धी उत्कृष्ट समाचार लेख्ने नागरिक दैनिकका पत्रकार बालकृष्ण ज्ञवालीलाई सम्मान गरिएको थियो ।

यसैबीच राष्ट्रिय व्यापार सङ्घले ६५औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा साँखु प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २५६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा, बाल स्वास्थ्य, आँखा, नाक, कान, घाँटी र साधारण स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।

सो कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपालले ६५औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा आयोजना गरिएको रचनात्मक कार्यको सराहना गर्दै उक्त कार्यले ग्रामीण भेगका बासिन्दा लाभान्वित भएकामा खुसी व्यक्त गरे । राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन