माघ १४, काठमाडौं । प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईल"/>

2026-07-11 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीरा राई बनिन् नेशनल ज्योग्राफिकको ‘वर्षकै साहसी’

2017-01-27


माघ १४, काठमाडौं । प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईले जितेकी छन् ।

असाधारण १० सहासी महिलासँगै मनोनित भएकी राइले सर्वाधिक भोट प्राप्त गरी उक्त उपाधि (एड्भेन्चर अफ द इयर) आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । जियोग्राफिकले उनी ‘वर्षकै साहसी व्यक्ति’ भएको जनाएको छ ।

‘मिरा राई कुनै समय चामलको बोरा बोकेर नेपालको पहाडतिर हिँडिरहकी हुन्थिन्’ नेशनल जियोग्राफिकले भनेको छ ‘तर उनी एकपछि अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाका लागि आज प्रेरणाको स्रोत बनेकी छिन् ।’

बाह्र वर्षदेखि दिँइदै आएको यो अवार्डमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्नेको नाम छनौट भएकोमा मिराले सबैभन्दा बढी भोट ल्याएर विजयी भएको जियोग्राफिकले जनाएको छ ।

भोजपुरमा जन्मिएकी उनले एक महिलाका लागि नेपाली समाजले तोक्ने मूल्य मान्यताभन्दा फरक गर्ने सोचिन् । यहि सोचाइले आज उनलाई अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सहयोग गरेको उनले बताइन् ।

१४ वर्षको उमेरमा माओवादीमा प्रवेश गरेकी उनी शान्ति प्रक्रिया पछि भएको सेना समायोजनमा अयोग्य ठहरिएकी थिइन् । यसअघि उनले गएको वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा मिरा पहिलो भइन् भने गएको वर्ष हङकङ भएको आइल्याण्ड ट्रेल रेस पनि मिराले जितेकी थिइन् ।

१२ वर्षको उमेरमा विद्यालय छाडेकी मिराको यो साहस असाधारण भएको भन्दै नेशनल जियोग्राफिकले भिडियो सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस