माघ १४, काठमाडौं । प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईल"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीरा राई बनिन् नेशनल ज्योग्राफिकको ‘वर्षकै साहसी’

१४ माघ २०७३, शुक्रबार ०६:२२


माघ १४, काठमाडौं । प्रतिष्ठित टेलिभिजन च्यानल नेशनल जियोग्राफिकले आयोजना गरेको विश्वभरका साहसिक ब्यक्तिहरुको उपाधि नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राईले जितेकी छन् ।

असाधारण १० सहासी महिलासँगै मनोनित भएकी राइले सर्वाधिक भोट प्राप्त गरी उक्त उपाधि (एड्भेन्चर अफ द इयर) आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् । जियोग्राफिकले उनी ‘वर्षकै साहसी व्यक्ति’ भएको जनाएको छ ।

‘मिरा राई कुनै समय चामलको बोरा बोकेर नेपालको पहाडतिर हिँडिरहकी हुन्थिन्’ नेशनल जियोग्राफिकले भनेको छ ‘तर उनी एकपछि अर्को प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाका लागि आज प्रेरणाको स्रोत बनेकी छिन् ।’

बाह्र वर्षदेखि दिँइदै आएको यो अवार्डमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्नेको नाम छनौट भएकोमा मिराले सबैभन्दा बढी भोट ल्याएर विजयी भएको जियोग्राफिकले जनाएको छ ।

भोजपुरमा जन्मिएकी उनले एक महिलाका लागि नेपाली समाजले तोक्ने मूल्य मान्यताभन्दा फरक गर्ने सोचिन् । यहि सोचाइले आज उनलाई अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सहयोग गरेको उनले बताइन् ।

१४ वर्षको उमेरमा माओवादीमा प्रवेश गरेकी उनी शान्ति प्रक्रिया पछि भएको सेना समायोजनमा अयोग्य ठहरिएकी थिइन् । यसअघि उनले गएको वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा मिरा पहिलो भइन् भने गएको वर्ष हङकङ भएको आइल्याण्ड ट्रेल रेस पनि मिराले जितेकी थिइन् ।

१२ वर्षको उमेरमा विद्यालय छाडेकी मिराको यो साहस असाधारण भएको भन्दै नेशनल जियोग्राफिकले भिडियो सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ