दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्धारा फोनबाटै कार्यक्रम उदघाटन

१४ माघ २०७३, शुक्रबार ११:१०

 

दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको फोनबाट उदघाटन  गरेकी छन् । 

कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको भएको थियो  । मौसम सफा नभएका कारण राष्ट्रपति  त्यतैबाट फर्किएकि छन । 

विहान १० बजे कार्यक्रमस्थलमा पुग्ने जनाईएपनि अन्तिममा आएर ४ बजे भण्डारीले फोनबाटै कार्यक्रम उदघाटन गरेकी हुन् । फोनबाट कार्यक्रम उदघाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले खानेपानीलाई सवैको पहुचमा पुयाउन  आग्रह गरेकी छिन । 

करिव १८ करोड १२ लाख २६ हजार रुपिया लागतमा बनेको आयोजनाबाट वडा नम्बर १, ५, ७ र ८ का स्थानीयको घर–घरमा शुद्ध खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारदमुनी रानाले जानकारी दिए । नेपाल सरकार एडीबी ग्रान्ट तथा उपभोक्ताको लगानी र नगर विकास कोष ऋणबाट निर्माण भएको भएको हो । 

सन २०१२ जनवरीबाट निर्माण सुरु भएको शिवनगर खानेपानी आयोजना २०१५ मा सम्पन्न भएको थियो । आयोजना अन्तर्गत दुई वटा डिप ट्युबेल, ४५० घनमिटरको एक ओभर हेड र ३०० घनमिटरको सतही ट्याङ्की (प्रशोधित पानी भण्डारण ट्याङ्की) निर्माण भएको समितिले जानकारी दिएको छ ।

त्यस्तै, तीन वटा प्रेसर फिल्टर प्लान्ट र १० ठाउँमा फायर हाईड्रेन्ट (अग्नी नियन्त्रक) रहेको छ । आयोजना अन्तर्गत दुई हजार ४४ घरधुरीमा धारा जडान भएका छन् । खानेपानी आयोजनाले २९१ गरिब घरधुरीलाई धारा तथा २४४ घरधुरीलाई शौचालय निर्माणमा सहयोग समेत गरेको जनाइएको छ । 

शिवनगर खानेपानी आयोजनाको पानी तेस्रो तल्लामा राखिएको ट्याङ्कीमा समेत मोटरको प्रयोगबिनै भरिने गरेको समितिले जनाएको छ । राष्ट्रपति भण्डारी धनगढी आउने भएपछि विहिवारदेखि  सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ?