२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षभित्र एक घर एक धारा : राज्यमन्त्री खड्का

१५ माघ २०७३, शनिबार १४:२१

माघ १५, दाङ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । 

नेपाल प्रेस युनियन, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताउनुभयो । 

एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उहाँले बताउनुभयो । काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । 

उहाँले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरु उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरुको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । 

अर्को एक प्रसङ्गमा उहाँले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताउनुभयो । अब दलहरुसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताउनुभयो । 

मन्त्री खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो । 

हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पु¥याउन सरकार लागिपरेको बताउनुभयो । 

तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु¥याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

ओभरहेड ट्याङ्की शिलान्यास 

यसैबीच, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गर्न थालेको ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । 

ट्याङ्कीको राज्यमन्त्री खड्काले शिलान्यास गर्नुभएको हो । समितिले त्रिपुर–५ मा चारलाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो । 

सरकारको सहलगानी आयोजनाअन्तर्गत रु १५ करोडभन्दा बढीको योजनाअनुसार निर्माण गरिने ओभरहेड ट्याङ्कीको शिलान्यास गर्दै मन्त्री खड्काले ट्याङ्की निर्माणसँगै यस क्षेत्रको खानेपानीको समस्या हल हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली