पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । उनले एमालले प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् । आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए । उनले एमालले प्र"/>
४ पुष २०८२, शुक्रबार
काठमाडौँ - KTM

एमाले संघीयता विरोधी पार्टी हो: उपप्रधानमन्त्री निधि

१६ माघ २०७३, आईतवार ०६:३१

महेन्द्र केसी/माघ १६, पर्वत । उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले एमाले संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

आइतबार पर्वतमा आएका मन्त्री निधिले एमाले संघीयता विरोधी भएकोले संविधान संशोधनकोे विरुद्धमा नाराबाजी गरेको आरोप लगाए ।

उनले एमालले प्रदेश ४ को सिमांकन हेरफेर सहितको संविधान संशोधन भए संविधानको सर्वस्वीकार्यता बढ्ने र देशले निकास पाउनुको साथै संघीयराज्यमा जाने देखेपछि एमालले विद्रोह गरेको ठोकुवा गरे ।

शहिद स्मारक अंग्रेजी आवसिय माविको रजतजयन्तीको अबसरमा कुश्मा आएका निधिले एमालेको आवरण राष्ट्रबादका कारण अस्थीर राजनीतिले बढवा पाएको बताए । 

सरकारको तर्फबाट निधिले पहिलो पटक सहिद चोकमा रहेको सहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यापण समेत गरेका छन् ।

उनले सहिद दिवसको अबसरमा माल्यापण गरेका हुन् । ०६२।६३ को जनआन्दोलनमा मारिएका गोविन्दनाथ शर्माको सम्मानका लागि राज्यको तर्फबाट खासै सम्मान तथा कदर नभएको बेलामा मन्त्री निधिले पहिलोपटक सहिद शर्माको शालिकमा माल्यापण गरेका हुन् । 

मन्त्री निधिले सहिदको सपना साकार पार्नको लागि पनि अब सरकारले चाडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

संविधान संशोधनमा एमालले गरेको किचलो राष्ट्रिय हित विपरित रहेको भन्दै निधिले देश र जनताले राष्ट्रबादी दल र नेता चिन्नेबेला आएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ