माघ १७, दार्चुला । पार्टीको विधान तथा निति विपरित काम गर्ने नेता तथा कार्यकर्ता लाई नेपाली काग्रेस दार्चुलाले कार्वाही गर्ने जनाएको छ ।
पछिल्लो समय फेसवुक जस्ता सामाजिक संजालमा पार्टीका विभिन्न संघ संगठनको नामबाट अनावश्यक कुराहरु पोष्ट हुन थालेपछी अनुसासनको कसी लगाउन सुरु गरेको कांग्रेस सभापति ललीत बोहराले जानकारी दिनुभयो । माघ १५ र १६ गते गरी दुइ दिन सम्म चलेको जिल्ला कार्य समिति बैठकले सो निर्णय गरेको उहाले जानकारी दिनुभयो ।
साथै त्यस्ता अनाधिकृत तथा गैरजिम्मेवारी गतिविधि तत्काल बन्द गर्न समेत सम्बन्धित नेता कार्यकर्तालाई पार्टीले निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लाका इलाका स्तरीय जिम्मेवारी सम्पेका प्रभारीहरु बाट प्रतिवेदन माग गरेको हो ।
बैठकले पार्टीका विभिन्न विभाग प्रमुख, आमन्त्रित सदस्य हरुको बारेमा थप छलफल गरी हेरफेर एवं पुर्णता दिने समेत निर्णय गरेको सभापति बोहराले जानकारी दिनुभयो । यस्तै नेपाल दलित संघको ५औ जिल्ला अधिवेशन माघ २९ गते तथा अपांग संघ र किसान संघको जिल्ला अधिवेशन फागुन पहिलो साता सम्पन्न गर्ने समेत निर्णय भएको छ ।
यस्तै जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा जिल्ला कार्य समिति सचिव हरकसिह विष्ट चयन हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहितको प्रस्ताव पास गरेको छ । स्वास्थ्य मन्त्रालयको पौष २५ गतेको निर्णय अनुसार दार्चुला जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा विष्टलाई मनोनयन गरिएको हो । उहालाई दुई वर्षे कार्यकाल रहने गरी अध्यक्ष पदमा मनोनयन गरेको को पत्रमा उल्लेख गरिएको छ ।
यस्तै खण्डेश्वरी गाउ कार्य समितिको कार्यवाहक सभापतिमा जिवनी ठेकरेलाई चयन गर्ने समेत सो बैठकले निर्यण गरेको छ । बैठकले पार्टी सचिवमा गोबद्र्धन कोलीलाई मनोनयन गरेको छ । यस्तै गरी नेपाल भुपु सैनिक संघको दार्चुलाको गोकुलेश्वर संचालित एम्वुलेन्स सेवा ग्वानीबाट संचालन गर्न भुपु सैनिक संग लाइ निर्देशन दिइएको छ ।