माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिक"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेखा समिति सभापतिमा उपाध्याय विजयी

१७ माघ २०७३, सोमबार ०८:३८

माघ १७, काठमाडौँ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा(माओवादी केन्द्र)का सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । 

समितिको सभापति चयका लागि आज भएको निर्वाचनमा उपाध्यायले २३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का सांसद पशुपति चौलागाईले १६ मत प्राप्त गरे । नौ जना सांसद भने अनुपस्थित भएका थिए । 

समितिमा आवद्ध रहनु भएका ५० सांसदहरुमध्ये जेष्ठ सदस्य रहनु भएका सांसद सवेन्द्रनाथ शुक्लले मतदान गर्न नपाउने व्यवस्थाअनुसार कुल मतदाता ४९ थियो । 

तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि ६ महिनादेखि समितिको सभापति पद खाली रहेको थियो । 

सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र)लगायतका दलले संयुक्त उम्मेदवारको रुपमा उपाध्यायलाई अगाडि सारेको थियो । नवनिर्वाचित सभापतिलाई बधाइ दिन मङ्गलबार बिहान ११.०० बजे समितिको बैठक राखिएको जेष्ठ सदस्य शुक्लले जानकारी दिए । 

उपाध्याय नेकपा(माओवादी केन्द्र)का तर्फबाट तत्कालीन संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ