Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरा जिल्लामा स्थानीय निर्वाचनको लागि १३ दल दर्ता

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">ललित बोहरा &nbsp;। माघ १७ डडेल्धुरा &nbsp;। स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन अनुसार डडेल्धुरामा सोमबार अन्तिम दिनसम्म १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निवार्चन अधिकृत कृष्ण नायकले जानकारी दिनु भएको छ । निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका दलहरुमा नेपाली कांग्रेसका सभापती कर्ण बहादुर मल्ल, नेकपा एमालेका अध्यक्ष डा.तारा जोशी, नेकपा माओवादी केन्द्रका इन्चार्ज नन्द सिंह सार्की, नेकपा मालेका संयोजक गोरख नेपाली, नेपाल दलित पार्र्टीका अध्यक्ष राम बहादुर टमटा, नयाँ शतmी पार्टी नेपालका संयोजक टेकराज भट्ट, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष प्रकाश बहादुर सार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हिक्मत साउँद, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका संयोजक पल्लव राज अबस्थी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिकका अध्यक्ष प्रताप सिह साउँद, अखण्ड सुदुरपश्चिम पार्टी नेपालका संयोजक जगन्नाथ नाथ, राष्ट्रिय मुक्ती आन्दोलनका संयोजक लाल प्रशाद भट्ट र राष्ट्रिय जनमोर्चा अध्यक्ष पदम बहादुर ओली संयोजक रहने गरी दलहरु दर्ता गरिएका छन । नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक, अखण्ड सुदुरपश्चिम पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन पार्टी नयाँ दर्ता भएका हुन । माले पार्टी पुनःदर्ता भएको निवार्चन कार्यालय डडेल्धुराका निवार्चन अधिकृत नायकले बताउनु भएको छ । सरकारले स्थानिय तह निर्वाचन मिती घोषणाको तयारी गरिरहदा केन्द्रमा र सम्वन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानिय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।</p><div style="text-align: justify; "><br></div>