ललित बोहरा  । माघ १७ डडेल्धुरा  । स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा  । माघ १७ डडेल्धुरा  । स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन "/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जिल्लामा स्थानीय निर्वाचनको लागि १३ दल दर्ता

१७ माघ २०७३, सोमबार १५:०८

ललित बोहरा  । माघ १७ डडेल्धुरा  । स्थानीय निर्वाचनको लागि सहभागी हुन र तयारी गर्नको लागी डडेल्धुरा जिल्लामा १३ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका छन । निर्वाचन आयोगले माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशन अनुसार डडेल्धुरामा सोमबार अन्तिम दिनसम्म १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निवार्चन अधिकृत कृष्ण नायकले जानकारी दिनु भएको छ । निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका दलहरुमा नेपाली कांग्रेसका सभापती कर्ण बहादुर मल्ल, नेकपा एमालेका अध्यक्ष डा.तारा जोशी, नेकपा माओवादी केन्द्रका इन्चार्ज नन्द सिंह सार्की, नेकपा मालेका संयोजक गोरख नेपाली, नेपाल दलित पार्र्टीका अध्यक्ष राम बहादुर टमटा, नयाँ शतmी पार्टी नेपालका संयोजक टेकराज भट्ट, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष प्रकाश बहादुर सार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हिक्मत साउँद, नेपाल कम्युनिष्ट पार्टी संयुक्तका संयोजक पल्लव राज अबस्थी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिकका अध्यक्ष प्रताप सिह साउँद, अखण्ड सुदुरपश्चिम पार्टी नेपालका संयोजक जगन्नाथ नाथ, राष्ट्रिय मुक्ती आन्दोलनका संयोजक लाल प्रशाद भट्ट र राष्ट्रिय जनमोर्चा अध्यक्ष पदम बहादुर ओली संयोजक रहने गरी दलहरु दर्ता गरिएका छन । नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक, अखण्ड सुदुरपश्चिम पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन पार्टी नयाँ दर्ता भएका हुन । माले पार्टी पुनःदर्ता भएको निवार्चन कार्यालय डडेल्धुराका निवार्चन अधिकृत नायकले बताउनु भएको छ । सरकारले स्थानिय तह निर्वाचन मिती घोषणाको तयारी गरिरहदा केन्द्रमा र सम्वन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानिय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा