१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी गाउँमा आउँदा दुःखी हुन्छन् महिला !

१८ माघ २०७३, मंगलवार ०७:३९

कृष्ण दर्नाल/पाल्पा, १८ माघ । प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । 

पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि । दोषनिर्दोष प्रहरीको होइन, गरिबीको कारण जीविकोपार्जनको हो । अवैध घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला प्रहरीदेखि सधैँ टाढा रहन चाहन्छन् । 

अवैधरुपमा घरेलु मदिरा उत्पादन, बिक्री वितरण गर्ने महिला गाउँमा प्रहरी पस्दा आफू जोखिममा पर्ने भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने मन नगर्ने हुन् । आर्थिकरुपमा विपन्न मगर समुदायको बाहुल्य रहेको यस गाविसमा महिलाले रक्सी उत्पादन, बिक्री वितरणबाट जीविकोपार्जन गर्न खोज्दा जोखिम हुन्छ । उनीहरुलाई प्रहरीले जतिबेला पनि नियन्त्रण गर्नसक्ने भएपछि प्रहरीदेखि टाढा रहन चाहनु महिलाको बाध्यता हो । 

स्थानीय बासिन्दा प्रहरीले जतिबेला पनि आफूहरुलाई समात्न सक्ने भएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन मान्दैनन् । स्थानीय बासिन्दा शान्ति अधिकारी प्रहरीदेखि मदिरा उत्पादन गर्ने महिला बाह्रै महिना त्रसित रहेको बताउनुहुन्छ । 

रोजगारीको सम्भावना नभएपछि परिवार र बालबच्चालाई पढाइ लेखाइका लागि रक्सी बनाउन बाध्य हुनुपरेको उनीहरु बताउँछन् । खानीछाप गाविस–५, भालेबासका महिला साँझको बेला रक्सी पार्ने र रातको समयमा राम्दी क्षेत्रमा बिक्री वितरण गर्न लैजाने गरेको स्थानीय बताउँछन् । 

अधिकारीका अनुसार सरकारले अवैध मदिरा उत्पादन न्यूनीकरणतर्फ ध्यान दिन नसक्दा गाउँमा मदिरा सेवन गरी झगडा गर्ने बढेका छन् । सरकारले मदिरा उत्पादन गर्ने महिलालाई लक्षित गरी विभिन्न आयमूलक तालिम सञ्चालन गर्नुपर्ने उहाँको धारणा रहेको छ । 

राम्दी प्रहरी चौकीका प्रमुख भेषराज रेग्मी प्रहरीले गाउँ बस्ती स्तरमा पुगेर अवैध घरेलु मदिरा उत्पादन, बिक्री, वितरण कार्य सरकारले निषेध गरेकाले मदिरा उत्पादन रोक्न सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले अवैध घरेलु मदिरा उत्पादन गर्ने महिलाले प्रहरीको नजिकै नपर्ने र सार्वजनिक कार्यक्रममा समेत उपस्थित हुन नमान्ने गरेको बताउनुहुन्छ । 

पटकपटक मदिरा नियन्त्रण गरी कारबाही गरेपनि अवैध मदिरा उत्पादन रोक्न नसकिएको हो । अब घरेलु मदिरा उत्पादन गर्ने महिलालाई वैधानिक रुपमा आयआर्जन गर्ने व्यवसायमा आकर्षण गर्न खोजे पनि ती महिला मदिरा उत्पादन, बिक्री वितरण गर्न नरोकिएकोमा स्थानीय बासिन्दा चिन्तित छन् । 

अवैध घरेलु मदिरा उत्पादन गर्ने कामले महिलाको स्वास्थ्यमा ठूलो असर पर्ने भएकाले यस्तो व्यवसाय नगर्न पटकपटक अनुरोध गरेको स्वास्थ्यकर्मी बताउँछन् । गाविस, महिला तथा बालबालिका कार्यालय पाल्पाले विभिन्न अभियान सञ्चालन गरेपनि यहाँका महिलामा अवैध मदिरा उत्पादन कार्य रोकिन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित