माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्य"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायातको सुविधा नहुँदा रोल्पाली जनतालाई कष्ट

२०७३, १८ माघ मंगलवार ०९:०७


माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्यस कामका लागि उहाँले दुई आफन्त ५४ वर्षीय रुपसिं डाँगी र ३२ वर्षीय प्रेमबहादुर पुनमगरलाई दैनिक पाँच÷पाँच सयका दरले ज्याला दिनुप¥यो । बिहान सदरमुकाम आएर साँझ गाउँ फर्कन नसकिने भएपछि चार जनाको टोली सदरमुकामकै एक होटेलमा बास बस्यो । भरिया खर्च तिर्दा र होटेलमा खाए बसेको खर्च कटाउँदा वृद्धभत्ता बापतको आधा रकम यतै सकियो । 

यातायातको सुविधा नहुँदा माघ महिनाको चिसोमा पनि खलखली पसिना बगाउदै पुर्मालाको टोली सदरमुकाम लिबाङ आएको हो । करिव ४ वर्ष अघि पक्षघात भएदेखि उहाँ हलचल गर्न सक्नुहुन्न । परिवारको सहयोगमा दिन गुजार्दै आएकी ७४ वर्षीया पुनलाई दिसापिसाब गर्दापनि अरुको सहायता चाहिन्छ । 

ह्वामा गाविस सदरमुकामसँगै सटेको गाविस हो । बत्तीमुनि अँधेरो भने झै सो गाविसका पूरै वडामा मोटरबाटो पुगेको छैन भने मोटरबाटो पुगेको गाविस भवनसम्म पनि कुनै किसिमका यात्रुबाहक यातायातका साधन सञ्चालनमा रहेका छैनन् । 

गाविसले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकिङ पद्धतिबाट प्रदान गर्ने व्यवस्था गरेपछि उनीहरुलाई सदरमुकाम नै जानुपर्ने बाध्यता आइलागेको हो । 

“पाएको भत्ता नलिन पनि भएन, लिँदा पनि सास्ती छ,” उहाँका छोरा दीपक पुनले भन्नुभयो । पुन बेरोजगार हुुनुहुन्छ । आयस्रोतको कुनै बाटो नभएपछि सानै रकमका लागि पनि ठूलो खर्च गर्न तयार भएको उहाँको भनाइ छ । 

पुनका अनुसार रोग, भोक र गरिबीले पिल्सिएका रोल्पाली युवा कामको खोजीमा दिनप्रतिदिन विदेश पलायन हुन थालेपछि गाउँमा ज्याला तिर्दा पनि काम गर्ने मान्छे सहज रुपमा फेला पर्दैन । 


केही वर्ष पहिले जिविस, गाविस र सांसद विकास कोषको बजेटबाट मोटरबाटोका लागि ट्रयाक खोल्ने काम भएपनि बाटोले अझै पूर्णता पाउन सकिरहेको छैन । 

मोटरबाटोको पहुँच नभएपछि ह्वामाली जनतालाई गाउँमा उत्पादन भएका सामान सदरमुकामसम्म पु¥याउन र सदरमुकामबाट दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन असहज हुने गरेको गाउँलेको गुनासो छ । 

दुई हप्ताअघि मात्रै गाविस सचिवको जिम्मेवारी सम्हाल्नुभएका ह्वामा गाविसका सचिव तुलप्रसाद कवरका अनुसार गाविसले मोटर गुडाउन संभव नभएको हुँदा यातायात व्यवसायीले यसतर्फ समयमै सोच्नुपर्ने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा