माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्य"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायातको सुविधा नहुँदा रोल्पाली जनतालाई कष्ट

१८ माघ २०७३, मंगलवार ०९:०७


माघ १८, रोल्पा । ह्वामा–७ चुत्रेगातिना रोल्पाकी ७४ वर्षीया पुर्माला पुन पालैपालो तीन जनाको बुई चढेर बैंकमा खाता खोल्न केही दिनअघि सदरमुकाम आइपुग्नुभयो । त्यस कामका लागि उहाँले दुई आफन्त ५४ वर्षीय रुपसिं डाँगी र ३२ वर्षीय प्रेमबहादुर पुनमगरलाई दैनिक पाँच÷पाँच सयका दरले ज्याला दिनुप¥यो । बिहान सदरमुकाम आएर साँझ गाउँ फर्कन नसकिने भएपछि चार जनाको टोली सदरमुकामकै एक होटेलमा बास बस्यो । भरिया खर्च तिर्दा र होटेलमा खाए बसेको खर्च कटाउँदा वृद्धभत्ता बापतको आधा रकम यतै सकियो । 

यातायातको सुविधा नहुँदा माघ महिनाको चिसोमा पनि खलखली पसिना बगाउदै पुर्मालाको टोली सदरमुकाम लिबाङ आएको हो । करिव ४ वर्ष अघि पक्षघात भएदेखि उहाँ हलचल गर्न सक्नुहुन्न । परिवारको सहयोगमा दिन गुजार्दै आएकी ७४ वर्षीया पुनलाई दिसापिसाब गर्दापनि अरुको सहायता चाहिन्छ । 

ह्वामा गाविस सदरमुकामसँगै सटेको गाविस हो । बत्तीमुनि अँधेरो भने झै सो गाविसका पूरै वडामा मोटरबाटो पुगेको छैन भने मोटरबाटो पुगेको गाविस भवनसम्म पनि कुनै किसिमका यात्रुबाहक यातायातका साधन सञ्चालनमा रहेका छैनन् । 

गाविसले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकिङ पद्धतिबाट प्रदान गर्ने व्यवस्था गरेपछि उनीहरुलाई सदरमुकाम नै जानुपर्ने बाध्यता आइलागेको हो । 

“पाएको भत्ता नलिन पनि भएन, लिँदा पनि सास्ती छ,” उहाँका छोरा दीपक पुनले भन्नुभयो । पुन बेरोजगार हुुनुहुन्छ । आयस्रोतको कुनै बाटो नभएपछि सानै रकमका लागि पनि ठूलो खर्च गर्न तयार भएको उहाँको भनाइ छ । 

पुनका अनुसार रोग, भोक र गरिबीले पिल्सिएका रोल्पाली युवा कामको खोजीमा दिनप्रतिदिन विदेश पलायन हुन थालेपछि गाउँमा ज्याला तिर्दा पनि काम गर्ने मान्छे सहज रुपमा फेला पर्दैन । 


केही वर्ष पहिले जिविस, गाविस र सांसद विकास कोषको बजेटबाट मोटरबाटोका लागि ट्रयाक खोल्ने काम भएपनि बाटोले अझै पूर्णता पाउन सकिरहेको छैन । 

मोटरबाटोको पहुँच नभएपछि ह्वामाली जनतालाई गाउँमा उत्पादन भएका सामान सदरमुकामसम्म पु¥याउन र सदरमुकामबाट दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन असहज हुने गरेको गाउँलेको गुनासो छ । 

दुई हप्ताअघि मात्रै गाविस सचिवको जिम्मेवारी सम्हाल्नुभएका ह्वामा गाविसका सचिव तुलप्रसाद कवरका अनुसार गाविसले मोटर गुडाउन संभव नभएको हुँदा यातायात व्यवसायीले यसतर्फ समयमै सोच्नुपर्ने बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा