माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिको उपलब्धि संरक्षण गर्न स्थानीय निर्वाचन: प्रधानमन्त्री

२०७३, १८ माघ मंगलवार १०:१६


माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका छन् । 

माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताए। केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उनले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको सङ्घर्ष भएको उल्लेख गरे । 

स्थानीय निकायको निर्वाचन हुन नदिएर सङ्घीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गरे । 

परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पष्ट पार्दै उनले आगामी माघभित्र तीनवटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गरे । 

विश्वव्यापी रुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने – ‘‘परिवर्तनलाई कसरी सङ्कटमा पार्न सकिन्छ भनेर केही तत्व लागेको छ । त्यो चरित्रलाई परास्त गर्नु जरुरी छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता हो। त्यो काम केवल युवाले मात्रै गर्न सक्छन् ।’’

प्रधानमन्त्रीले युवालाई रोजगारी, क्षमताको विकास तथा सशक्तीकरणका लागि सरकारका तर्फबाट केही योजना सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको कार्यकारी तहमा युवालाई ल्याउने विषयमा आवश्यक तयारी भइरहेको समेत बताए । 

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवम् वाइसिएल नेपालका इन्चार्ज मणि थापाले माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्ने र ठान्नेहरुलाई परास्त गर्न युवा नै अगाडि आउनुपर्ने धारणा राखे ।

वाइसिएल नेपालका संयोजक रामचन्द्र शर्माले युवालाई उचित जिम्मेवारी र कार्ययोजनाका साथ परिचालन गर्नुपर्नेमा जोड दिए । 

माओवादी केन्द्रसँग १० माओवादी घटकबीच गत जेठमा एकता भए पनि युवा सङ्गठनबीच भने औपचारिक रुपमा एकता हुन सकेको थिएन । आजको बैठकले सबै युवा सङ्गठनलाई एकीकृत गरेर वाइसिएललाई पुनः सशक्त प्रभावकारी सङ्गठनका रुपमा अगाडि बढाउने निर्णय लिएको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला