माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रान्तिको उपलब्धि संरक्षण गर्न स्थानीय निर्वाचन: प्रधानमन्त्री

१८ माघ २०७३, मंगलवार १०:१६


माघ १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताएका छन् । 

माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताए। केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उनले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको सङ्घर्ष भएको उल्लेख गरे । 

स्थानीय निकायको निर्वाचन हुन नदिएर सङ्घीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गरे । 

परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पष्ट पार्दै उनले आगामी माघभित्र तीनवटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गरे । 

विश्वव्यापी रुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने – ‘‘परिवर्तनलाई कसरी सङ्कटमा पार्न सकिन्छ भनेर केही तत्व लागेको छ । त्यो चरित्रलाई परास्त गर्नु जरुरी छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता हो। त्यो काम केवल युवाले मात्रै गर्न सक्छन् ।’’

प्रधानमन्त्रीले युवालाई रोजगारी, क्षमताको विकास तथा सशक्तीकरणका लागि सरकारका तर्फबाट केही योजना सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको कार्यकारी तहमा युवालाई ल्याउने विषयमा आवश्यक तयारी भइरहेको समेत बताए । 

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवम् वाइसिएल नेपालका इन्चार्ज मणि थापाले माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्ने र ठान्नेहरुलाई परास्त गर्न युवा नै अगाडि आउनुपर्ने धारणा राखे ।

वाइसिएल नेपालका संयोजक रामचन्द्र शर्माले युवालाई उचित जिम्मेवारी र कार्ययोजनाका साथ परिचालन गर्नुपर्नेमा जोड दिए । 

माओवादी केन्द्रसँग १० माओवादी घटकबीच गत जेठमा एकता भए पनि युवा सङ्गठनबीच भने औपचारिक रुपमा एकता हुन सकेको थिएन । आजको बैठकले सबै युवा सङ्गठनलाई एकीकृत गरेर वाइसिएललाई पुनः सशक्त प्रभावकारी सङ्गठनका रुपमा अगाडि बढाउने निर्णय लिएको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै