माघ १८, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र"/>
2026-06-26 05:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा गरे सम्बन्धविच्छेद गर्छौ: महतो

2017-01-31

माघ १८, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गरे सरकारसँगको सम्बन्धविच्छेद गर्ने र त्यसको विरुद्धमा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘विभेदकारी संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गरे, हामी त्यसलाई कुनै हालतमापनि मान्दैनौं, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर हामी आन्दोलनमा जान्छौं, सरकारसँगको सम्बन्धविच्छेद गर्छों ।’

महतोले जनताका मागहरु पूरा नगरीकन जबरजस्ती चुनाव गर्न खोजिए त्यो कदापि हुन नदिने चेतावनी दिए । ‘अब नो लटरपटर, पहिला परिमार्जनसहित संशोधन पास हुनुपर्छ, उनले थपे।’

महतोले परिवर्तनका एजेण्डाहरु सडकबाट आएका उल्लेख गर्दै भने,‘यो देशमा परिवर्तनका एजेण्डाहरु सडकबाट आएका हुन्, संघीयता र गणतन्त्र कसको एजेण्डा हुन्, सडकको मत लिएको होईन र?’

उनले अहिलेका प्रमुख दलहरु अन्तरिम संविधानबाटपनि पछि हटेको आरोप लगाए। महतोले थपे,‘अब बेइमानी चल्दैन, यो चुनाव/सुनाव देखाएर केही हुनेवाला छैन, चुनावको नाम जोडेर हामीलाई कसैलेपनि लोकतन्त्रको पाठ नपढाए हुन्छ ?’ उनले प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मधेशी जनताको अधिकारमा डकैती गरेको समेत आरोप लगाए।

महतोले संविधान संशोधनमार्फत जनताका अधिकार स्थापित गर्ने कुरामा एमालेले धेरै बेईमानी गरिरहेको आरोप लगाउँदै भने,‘एमालेले धेरै बेईमानी गर्यो क्या, तर यसको हिसाबकिताब जनताले दिन्छन्, त्यसैको तयारी स्वरुम अहिले एमालेमुक्त मधेश बनाउने कुरा पनि भैरहेको छ क्या ।’ यद्धपी उनले काँग्रेस र माओवादी केन्द्रको भने बुद्धि आएको तर्क गरे।

त्यस्तै महतोले संविधान कार्यान्वयनको लागि निर्वाचन गर्नुपर्छ भनेर एमालेले ढोल पिटिरहेको समेत गुनासो पोखे। स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको जिकिर गर्दै त्यसलाई परिमार्जन गर्नुपर्ने उनले माँग गरे । उनले थपे,‘पूर्नसंरचनाको नाममा फेरि मधेशमा नयाँ ढंगले विभेद सूरु गरिएको छ, यो हामी मान्दैनौं, मधेशमा ५१ प्रतिशत जनसंख्या छ, तर २५ प्रतिशतपनि दिईएको छैन ।’

स्थानीय तहको पूर्नसंरचना भद्रगोल रहेको कुरा नुवाकोटको आन्दोलनले नै पुष्टि गरिसकेको उनको दाबी थियो। उनले भने,‘हेर्दै जानुहोस्, यस्तै हो भने नुवाकोटको जस्तो घट्ना ७५ जिल्लामै दोहोरिन्छ, नुवाकोटमा त गोली नै चल्यो, अब त्यो गोली कहाँ कहाँ चलाउने हो ?’ उनले पूर्नसंरचना गर्दापनि पूर्वाग्रही राखेको आरोप लगाए।

त्यस्तै उनले राजा महेन्द्रले महेन्द्र राजमार्ग निर्माण गर्दा मधेशमा षड्यन्त्र गरेजस्तै अहिले रेलवेको नाममा अर्को नयाँ ढंगको षडयन्त्र गर्न लागिएको भन्दै हाईवे र सिमानाकोवीचबाट रेलवे मार्गको डिपीआर गर्नुपर्ने माँग गरे। उनले थपे,‘यस्तै विभेद गरिरहने हो भने विष्फोट हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ