१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका राजनीतिक दलहरु गाउँ अभियानमा ब्यस्त

१८ माघ २०७३, मंगलवार १६:०८

ललित बोहरा ।माघ १८ डडेल्धुरा । स्थानीय निकायको निर्वाचन घोषणा हुन नपाउदैँ डडेल्धुराका राजनितीक दलहरु गाउँ–गाउँ पुग्न थालेका छन । आफ्नो संगठन तथा कार्यकर्ताहरुलाई शसक्त बनाउने उद्देश्यले डडेल्धुरा जिल्लाका मुख्य पाँच राजनीतिक दल नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुरा अहिले घरदैलो अभियानकै रुपमा गाउँ–गाउँमा पुग्न थालेका छन । 

नेपाली कांग्रेस डडेल्धुराले पनी आफु निकट कार्यकर्ताहरुलाई प्रशिक्षण र बिभिन्न गाबिसमा गाउँ अधिबेशन र सात टोली बनाएर गाउँमा संगठन सुदृढिकरण जारी राखेको नेपाली कांग्रेस डडेल्धुराका कार्यबाहक सभापती करुणाकर भट्टले जानकारी दिनु भएको छ । कार्यकर्ताहरुलाई स्थानीय निकायको निर्वाचनको लागि समेत तयारी गराउन संगठन सुदृढिकरण थालेको कार्यबाहक सभापती भट्टले जानकारी दिनु भएको छ । 

      यस्तै पार्टीको धारणा तथा संबिधान निमार्णमा एमालेले खेलेको भूमीका र संबिधान कार्यान्वयमा सरकारलाई दबाब दिने लगायतका बारेमा कार्यकताहरुलाई प्रष्ट बुझाउन गाउँ अभियानमा लागेको नेकपा एमाले जिल्ला सचिब धन बहादुर साउदँले जानकारी दिनु भएको छ । उहाँका अनुसार नेकपा एमाले डडेल्धुराले अहिले जिल्लाभर पाचँ टोली बनाई गाउँ अधिबेशनहरु, ठाउँ–ठाउँमा कोणसभा लगायतका कार्यक्रमबाट स्थानीय कार्यकर्ताहरुलाई जाग्रित गरिरहेको बताउनु भयो । नेकपा एमाले डडेल्धुराले जागरण अभियाननै सञ्चालन गरी कार्यकर्ताहरुलाई उत्पादनशिल क्षेत्रमा बढी समय दिई आर्थिक रुपमा समृद हुन समेत सिकाउने गरेको सचिब साउँदले जानकारी दिनु भयो । 

यस्तै नेकपा माओवादी केन्द्रले पनि सरकारले तोकेका ७ स्थानीय तहका आधारमा गाउँपालीकाका वडा अधिबेशन गरिरहेको माओवादी केन्द्रका डडेल्धुरा इन्चार्ज तथा पूर्व सासंद नन्द राम सार्कीले जानकारी दिनु भएको छ । पार्टीले दिएको निर्देशन अनुसार गाउँ–गाउँमा कार्यकर्ता प्रशिक्षण, सदस्य नविकरण, नयाँ सदस्य बितरण तथा पार्टी प्रबेश कार्यक्रम जारी रहेको पूर्व सासंद सार्कीले उल्लेख गर्नु भयो । 

यस्तै राप्रपा डडेल्धुराले अहिले जिल्ला अधिबेशनको तयारी गरीएको राप्रपा डडेल्धुराका कार्यकारी अध्यक्ष टेक राज पनेरुले जानकारी दिनु भएको छ । स्थानीय निकायको निर्वाचनको लागि आफुहरुले पूर्ण तयारी गरी सकेको र जुनसुकै समयमा पनी मिती घोषण भएमा आफुहरुलाई कुनै असर नपर्ने भन्दै आफुहरु अहिले बिशेष गरेर जिल्ला अधिबेशनको तयारीमा लागि परेकोमा कार्यकारी अध्यक्ष पनेरुको जोड छ । 

यस्तै राष्ट्रीय जनमोर्चा डडेल्धुराले लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको मानव जातिको इतिहासमा प्रथम पटक स्टालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्थाको निर्माण भएको दिन देखि अक्टुबर क्रान्ति एक वर्षका लागी गरीएको राष्ट्रीय जनमोर्चाका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले जानकारी दिनु भएको छ । स्थानीय निर्वाचनलाई आधार बनाएर कार्यकर्ता प्रशिक्षण तथा सदस्य नविकरण गर्ने कार्य पनी जारी रहेको केद्रिय सदस्य जाग्रीले बताउनु भयो । 

सोमबार सम्म म्याद रहेको दल दर्ता कार्यक्रममा डडेल्धुरामा १३ दल दर्ता भएपनी यि बाहेकका अन्य पार्टीहरुले खासै गाउँ अभियानहरुमा सक्रिय देखिएका छैनन । गाउँ अभियानको शिलशिलामा बिद्यार्थी, अभिवाक, शिक्षक, किसानहरु लगायतका नागरिकहरुले आफ्नो नियमीत कार्यमा बाधा भइरहेकोेमा गुनासो व्यक्त गरेका छन । शिक्षक तथा बिद्यार्थीहरु नै राजनीतिमा लागिपरेपछि शिक्षाको अवस्थाप्रति स्थानीय बुढापाखाहरु भने चिन्तित देखिएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा