माघ १९, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादु"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई कसले दियो चुनाव रोक्न दबाव ?

१९ माघ २०७३, बुधबार ०२:००

माघ १९, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् । बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने दिइएको दबाब अस्वीकार गर्दै सभापति देउवाले प्रधानमन्त्री दाहाललाई उल्टै निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब बढाइरहेका छन् ।

‘देउवालाई संविधान संशोधन गरेपछि मात्रै चुनावमा जान भनेर एउटा छिमेकी मुलुकको संस्थापन पक्षले दबाब दिइरहेको छ तर त्यसलाई मान्नुभएको छैन,’ उनी निकटस्रोतले भन्यो, ‘बरु त्यस्तो दबाबका बाबजुद उहाँ कुनै पनि हालतमा स्थानीय चुनाव गर्नुपर्छ भनेर लागिरहनुभएको छ ।’

बाह्य दबाबबारे एमाले शीर्ष नेताहरुसँग समेत कुराकानी भइरहेको जानकारी स्रोतले दियो । स्रोतअनुसार स्थानीय निर्वाचनको सबालमा पछिल्लो समय प्रतिपक्ष नेकपा एमाले र कांग्रेसबीच समान धारणा बन्दै गएको छ ।

बाह्य दबाबपछि आक्रोशित देउवाले सत्तारुढ कांग्रेस–माओवादी र मोर्चाबीच पुस १२ गतेको बैठकमा प्रधानमन्त्री दाहाललाई निर्वाचन मिति घोषणा गर्न निकै दबाब दिएका थिए । पुस १३ गते तीन दलको बैठक बोलाउन प्रधानमन्त्रीलाई दबाब दिएर स्थानीय चुनावमा जाने निर्णय नै गराए ।

त्यसपछि पुस २९ गते बसेको सत्तारुढ–मोर्चा बैठकमा पनि उक्त दबाब दिए र सोमबारको बैठकमा उनले मधेसी मोर्चासँग निर्वाचनबारे ‘अन्तिम प्रश्न’ गर्न भ्याएका छन् ।

‘स्थानीय चुनावका लागि दबाब बढाइरहेका देउवाले हिजो (सोमबार) पनि तपार्इंहरु स्थानीय चुनावमा जाने कि नजाने ? भनेर सोध्नुभयो,’ रामसपाका महासचिव केशव झाले नागरिकसँग भने, ‘हामीले पुरानै कुरा जान्न भन्यौं ।’ उनका अनुसार देउवाले निर्वाचनसम्बन्धी बिषय सोही बैठकमा टुंग्याउन जोड पनि गरे ।

पछिल्लो समय देउवानिकट हुुन पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद नारायण खड्काले प्रधानमन्त्री दाहालले तत्काल चुनावको मिति घोषणा नगरे कांग्रेसले राजीनामा माग्ने संकेत मंगलबार गरेका थिए । त्यस्तो संकेत स्वयं देउवाले पनि दाहालसँग गत आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा पनि गराइसकेका छन् ।

‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचन मिति घोषणा गर्नुपर्छ, गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजीनामा दिएर बाटो खोलिदिनुपर्छ,’ खड्काले रिपोर्टस क्लबमा भने । सो कार्यक्रमबाट सांसदसमेत रहेका खड्काले दाहाल सरकारको आयुको पनि स्मरण गराउन भ्याए ।

‘माघभित्रै निर्वाचन मिति घोषणा गरे मात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, माघमा पनि निर्वाचन मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन,’ खड्काले भने, ‘त्यसै त कांग्रेससँग सम्झौता भएअनुसार यो सरकारको आयु वैशाखसम्म मात्रै हो ।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल