७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा सोह्र दल दर्ता

१९ माघ २०७३, बुधबार ०३:२१

माघ १९, फलेवास (पर्वत) | सरकारले स्थानीय निर्वाचनको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला पर्वतमा १६ वटा पार्टीले दल दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालय पर्वतमा सोमबार अन्तिम दिनसम्म १६ वटा दलले पार्टी दर्ता गराएका हुन् । 

यसपटक २०७० सालको निर्वाचनभन्दा तीनवटा बढी दल दर्ता भएका हुन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माअ‍ोवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा माले, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, देशभक्त समाज पार्टी, नेकपा (माले) जनसमाजवादी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्टीले दल दर्ता गराएका हुन् । 

स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपाली तीन दल बढेको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो । संविधानसभाको दोस्रो निर्वाचनमा पर्वतमा प्रत्यक्ष निर्वाचनका लागि १३ दल र समानुपातिकतर्फ धेरै दल सहभागी थिए । 

पर्वतमा यसपटक नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेसन पार्र्टी नयाँ दर्ता भएका हुन् । दुई राप्रपा एक भएका छन् भने जनयुनिटी पार्टीले यसपटक दल दर्ता नगरेको कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा अधिकांश दलको जमानतसमेत जफत भएको थियो । अघिल्लो निर्वाचनमा क्षेत्र नं १ मा नेपाली काँग्रेस र क्षेत्र नं २ मा नेकपा (एमाले) प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकमा समेत तीनै दलको बाहुल्यता रहेको थियो । 

अधिकांश राजनीतिक दल जिल्लामा क्रियाशील भए पनि केही राजनीतिक दल भने निर्वाचन कार्यालयमा दर्ता मात्र भएको पाइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ