माघ १९, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इल"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ नम्बर प्रदेशलाई पहाडबाट अलग गर्न मिल्दैनः रक्षा मन्त्री

२०७३, १९ माघ बुधबार ०९:०६

माघ १९, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको विकास र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ, बुटवलस्थित इलाका प्रशासन कार्यालयको आज एक समारोहबीच भवन शिलान्यास गर्दै उनले भने, ‘सबै पक्षको सहकार्यबाट नै लुम्बिनी क्षेत्रका विकास अघि बढेको छ ।’

मन्त्री खाँणले यस क्षेत्रको विकासका लागि सबै जनप्रतिनिधिले राजनीति भन्दामाथि उठेर सहकार्यका साथ अगाडि बढेको चर्चा गर्दै रुपन्देहीको विकासका सरकार प्रतिवद्ध रहेको बताए।

लुम्बिनीलाई केन्द्रमा राखेर ५ नं प्रदेश बनाउनुपर्ने र यो प्रदेशबाट पहाडलार्य अलग गर्न हुदैन्, उनले भने–‘लुम्बिनीलाई प्राकृतिक स्रोत साधनमा पहुँच राख्न पनि पहाडी जिल्लासँगको सम्बन्ध जरुरी छ ।’

मन्त्री खाँणले प्रशासन भवन निर्माणका लागि बजेटको कुनै अभाव हुन नदिने बताउँदै भवनको गुणस्तर र निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिए ।

चार करोड ८८ लाखको लागतमा सो भवन निर्माण हुँदैछ । पहिलो चरणमा दुई तले कार्यालय भवन निर्माण हुने र दोस्रो चरणमा कर्मचारी आवास निर्माण गरिने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा भवन डिभिजन कार्यालय रुपन्देहीका प्राविधिक इन्जिनियर सुरेश खनालले निर्माणाधिन भवनका विविध पक्षमाथि प्रकाश पारेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला