माघ १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने स्पष्ट पारेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने स्पष्ट पारेका छन् ।

"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुनावको लागि सरकारले आयोगलाई एक/दुईभित्रै निर्देशन दिन्छ’

१९ माघ २०७३, बुधबार ०९:५१

माघ १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने,‘सरकार निर्वाचनको वातावरण बनाउन गम्भिर रुपमा लागिपरिरहेको छ, कानूनी प्रवन्ध मिलाउन ऐन तथा कानूनहरु संसदबाट कतिपय पारित भैसकेका छन्, भने कतिपय पारित हुने क्रममा छन्, निर्वाचन आयोगलाई सरकारले केही दिनभित्रै औपचारिक रुपमै तयारीको आग्रह गर्छ ।’

मन्त्री लेखकले निर्वाचनको लागि राजनीतिक वातावरण बनाउनुपर्ने भएकोले सरकारले अहिले त्यसको लागि पनि विशेष पहलकदमी लिईरहेको जनाए ।

उनले भने,‘सबै राजनीतिक दलहरुसँग सरकारले परामर्श गरिरहेको छ, वातावरण बनाउने कुरामा हामी गम्भिर छौं ।’उनले संविधान कार्यान्वयनको लागि पनि निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्नुपर्ने आवश्यकत्ता औंल्याउँदै त्यसको लागि संविधान संशोधनमार्फत सबैलाई संविधानको स्विकार्यता बढाउनुपर्ने भएकोले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको जिकिर गरे ।

उनले अघि भने,‘यो संविधान मेरोपनि संविधान हो भनेर सबैको अपनत्व महशुस गराउनको लागि नै संशोधन प्रस्ताव ल्याईएको हो, यो प्रस्ताव पास गर्ने वा छलफल गर्ने कि नगर्ने भन्नेबारेमा सम्पूर्ण अधिकार व्यवस्थापिका–संसदलाई हुन्छ ।’

मन्त्री लेखकले विद्येयक संसदमा छलफल गरेर पारित गर्नुपर्ने समेत धारणा राखे । उनले भने,‘संशोधन विद्येयकमा उल्लेख गरिएका विषयहरु पहिल्यै नै सहमति भएका विषयहरु हुन्, यसलाई पारित गराउनको लागि वा निश्कर्षमा पुर्याउनको लागि हामी लागिपरिरहेका छौं ।’

त्यस्तै उनले मेलम्ची खानेपानी परियोजनाको काम भैरहेकोले काठमाडौं उपत्यका लगायत अन्य ठाउँमा सडक समस्या देखा परेको स्विकार गर्दै भने,‘मेलम्चीको खानेपानी ल्याउनको लागि अहिले बाटोहरु खनिएका छन्, त्यसैले केही समस्याहरु देखा परेका छन्, यसमा हामी निकै चिन्तित छौं कि सर्वसाधारणहरुलाई ठूलो समस्या परेको छ, तर प्राविधिक विषय भएकोले यसलाई हल गर्न थोरै ढिलाई भएको हो, तर हामी गम्भिर भएर लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै