माघ १९, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापा मगरलाई एक कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापा मगरलाई एक कार्"/>

2026-06-23 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङका तेक्वान्दो प्रशिक्षक थापामगर प्रशिक्षणका लागि अमेरिका जाँदै

2017-02-01


माघ १९, काठमाण्डौ । अमेरिकाको भर्जिनियामा आइटिएफ तेक्वान्दो स्पेशल ट्रेनिङ लिन जाने आइटिएफ तेक्वान्दोका प्रशिक्षक बागलुङ अधिकारीचौरका घम थापा मगरलाई एक कार्यक्रम गरि विदाई गरिएको छ । 

मगरलाई त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष प्रविन कुमार कार्किले प्रशिक्षक थापामगरलाई एक कार्यक्रमका विच विदाई गर्नुभयो । 

सो अवसरमा सदस्यसचिव विष्टले नेपालको लागि खेलकुदमा उज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण लिएर आउन शुभकामना दिनुभयो । उहाँ आगामी सोमबार आमेरिका तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षक थापामगरले भर्जि्नियामा आगामी माघ २४ गते देखि चैत्र २३ गते सम्म एक महिना तेक्वान्दोका आधुनिक कला सम्बन्धि प्रशिक्षण लिनेछन् । हाल अमेरिकामा रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका पुर्व अध्यक्ष कृष्ण बहादुर बलालसँग पनि प्रशिक्षण लिने कार्यक्रम रहेको छ । 

भर्जिनियाँमा रहेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो प्रशिक्षण केन्द्रमा विशेष प्रशिक्षण लिने प्रशिक्षक थापामगरले बताउनुभायो । त्यसपश्चात स्पोट्र्स साइन्सको आधारभुत अध्ययनका लागि क्यानडा प्रस्थान गर्ने कार्यक्रम रहेको थापामगरले जानकारी दिनुभयो ।

विदाई कार्यक्रमको अवसरमा राखेप सदस्यसचिव विष्टले प्रशिक्षक थापामगरलाई सम्मानपत्रद्वारा सम्मान समेत गर्नुभएको थियो । नेपालको विकट क्षेत्र बाग्लुङको बुर्तिबाङमा तेक्वान्दो खेल विकासका लागि पु¥याएको योगदान कदर स्वरुप सम्मान गरिएको मार्शल आर्ट गेम्स कमिटीका अध्यक्ष कार्की बताउनुभयो । 

थापा मगरको अगुवाईमा यसअघि बाग्लुङको बुर्तिबाङमा प्रोफेशनल तेक्वान्दो च्याम्पियनसिप सञ्चालन गर्न योगदान गरेकाले प्रोत्साहानका लागि सम्मान गरिएको कार्कीले जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत