२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस नेता तिवारीको निधन

२०७३, २० माघ बिहीबार ०६:५२

माघ २०, काठमाडौँ । नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । 

प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उहाँको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले राससलाई जानकारी दिनुभयो । 

काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । उहाँ नेपाल उद्योग वाणिज्य महासङ्घको पूर्व उपाध्यक्ष र नेपाल तयारी पोसाक उद्योग सङ्घको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । 

स्व नेता तिवारी २०५६ को संसदीय निर्वाचनमा काँग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएको थियो । स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला