Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नयाँ प्रजीअले रोल्पालीलाई भने- ‘गलत नियत लिएर मेरो कोठामा नपसिदिनुहोला’

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २०, रोल्पा । प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्राइले गलत इन्ट्रेस्ट लिएर आफ्नो कोठामा कोहीपनि नपसिदिन हरेक रोल्पालीलाई अनुरोध गर्नुभएको छ ।

सोमबार उद्योग बाणिज्य संघ रोल्पाले आयोजना गरेको प्रजिअ डा.भट्राईको स्वागत तथा भेटघाट कार्यक्रमका अवसरमा उहाँले यस्तो अनुरोध गर्नुभएको हो  । उहाँले रोल्पाली जनता तर्फ ईगित गर्दै भन्नुभयो– तपाइहरु ड्राइभर हो हामी मेसिनरी हौं ।

तपाइले सही दिसा निर्देश गरेमा हामी सकारात्मक दिशामा सदा अग्रसर रहनेछौं तर तपाई गलत इन्ट्रेस्ट लिएर आउनु भयो भने हामीलाई काम गर्न असहज हुनेछ ।

उहाँले जिल्लामा रहँदा सम्म सुशासन कायम गर्दै नियम कानूनको परिधिभित्र रहेर मात्र काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

मन्तब्यका क्रममा डा. भट्राइले भन्नुभयो “म हरेक रोल्पालीको ह्रृदयमा बसेर यहाँबाट बिदा हुनेछु त्यसका लागि तपाइको सकारात्मक साथ र सहयोगको मलाई सधैं खाँचो रहने छ । ”

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले जिल्लाको विकास निर्माणमा सबैको ऐक्यबद्धता रहदै आएको बताउदै सरोकारवालाहरुको सदैव सकारात्मक भूमिका भएमा आफूहरुले जिल्लाको विकासमा केही गर्नसक्ने बताउनु भयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले प्रमुख जिल्ला अधिकारी सिंगो जिल्लाको अभिभावक भएको हुँदा सबै रोल्पाली जनतासंग समान ब्यवहार गर्नुपर्ने तथा कुनै पार्टी विशेषको फ्रेम बन्न नहुने सुझाव दिएका थिए ।

उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रामचन्द्र थापाले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि पत्रकार एवम् उद्योग ब्यवसायीहरुको उपस्थिति रहेको थियो । यस्तै कर्मचारी मिलन केन्द्र रोल्पाले पनि छुट्टै कार्यक्रम गरी प्रजिअ डा.भट्राईको स्वागत गरेको थियो । आज जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा प्रजिअसंग पत्रकारहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले जानकारी दिनुभयो ।