माघ २०, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । 

प्रजातान्त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २०, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । 

प्रजातान्त्"/>

2026-06-26 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन तहको निर्वाचन गरेमात्र प्रजातन्त्र बलियो हुन्छ: देउवा

2017-02-02

माघ २०, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । 

प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को आज यहाँ लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।” 

पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलकोे भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा (एमाले)ले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको उहाँको भनाइ थियो । उहाँले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । 

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि संविधान निर्माण गरेका शक्तिहरु एक हुनुपर्छ ।” 

मन्त्री केसीले भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १३१ पटक संशोधन भइसकेको उदाहरण दिँदै नेपालको संविधान संशोधन गर्नु हुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । 

पुस्तकका टिप्पणीकार एवम् काँग्रेसका नेता शोभाकर पराजुलीले नेपाली काँग्रेसले पछ्याएको बाटोलाई पुस्तकले समेटेको बताउँदै उक्त पुस्तक नेपाली काँग्रेस पार्टीकै दस्तावेज बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “काँग्रेसले पार्टीभित्र निष्ठा राख्ने र पार्टीलाई योगदान गरेका व्यक्तिलाई पाखा लगाउने प्रवृत्ति बढेको छ त्यो गलत हो ।” 

टिप्पणीकार एवम् नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले पुरानो पुस्तादेखि नयाँ पुस्ताका लेखकको विचार समेटेकाले पठनीय रहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको गुटउपगुटको राजनीतिलाई पुस्तकले राम्रोसँग केलाएको उल्लेख गर्नुभयो । 

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले काँग्रेसले पटकपटक गरेका आन्दोलन स्थायी हुन नसक्नु काँग्रेसको कमजोरी भएको बताउनुभयो । 

समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहको स्मृतिमा विशेषाङ्क निकालिसकेको छ । समाजका महासचिव गोकर्ण अर्यालका अनुसार समाजले ४० भन्दा बढी जिल्लामा सङ्गठन विस्तार गरिसकेको  छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ