कविता उपाध्याय/माघ २१, रोल्पा । क्षेत्रिय पशुसेवा निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक डा. किशन भट्टले पशुपालन तर्फ संचालित कार्यक्रमहरुको अनुगमनको पाटो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ २१, रोल्पा । क्षेत्रिय पशुसेवा निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक डा. किशन भट्टले पशुपालन तर्फ संचालित कार्यक्रमहरुको अनुगमनको पाटो"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको जिल्ला स्तरीय प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२०७३, २१ माघ शुक्रबार ०७:०१


कविता उपाध्याय/माघ २१, रोल्पा । क्षेत्रिय पशुसेवा निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक डा. किशन भट्टले पशुपालन तर्फ संचालित कार्यक्रमहरुको अनुगमनको पाटो कमजोर भएको बताउनु भएको छ । 

जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत जिल्ला पशु सेवा कार्यालय रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा बिहिबार सम्पन्न आर्थिक वर्ष २०७३/०७४ को जिल्ला स्तरीय प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

अनुगमनका क्रममा रोल्पा आइपुगेका क्षेत्रिय निर्देशक डा भट्टका अनुसार रोल्पामा पछिल्लो समयमा बाख्रा पालन र कुखुरा पालन ब्यवसाय फस्टाउदै गइरहेको भएपनि पशुपालन ब्यवसयामा कृषकहरुको लापरबाहीका कारण  सोचे अनुरुप लक्ष्य हासिल गर्न सकिएको छैन । उहाँले भन्नुभयो – “हामीले भौतिक पूर्वाधार तर्फ विशेष चासो र चिन्ता गर्छौ तर पशुपालन ब्यवसायमा लापरबाही गरिरहेका छौं । यस तर्फ पशुपालक कृषकहरुको ध्यान जान जरुरी छ । ”

जिल्ला पशु सेवा कार्यालय रोल्पा, जिल्ला कृषि बिकास कार्यालय रोल्पा र जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको संयुक्त प्रयासमा पोषणमा सुधार ल्याउने उद्देश्यले जिल्लाका १० गाविसमा संयुक्त कषि तथा खाद्य सुरक्षा कार्यक्रम संचालनमा रहेको पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिुभयो । 

यसैवीच जिल्ला पशुसेवा कार्यालय रोल्पाका बरिष्ठ पशु चिकित्सक गान्धीराज उपाध्यायले कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत जिल्लाका १० गाविसमा संचालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । जस अन्तर्गत पशुसेवा कार्यालय मार्फत बाख्रा तथा कुखुरा जिविको पार्जन कार्यक्रम, दुग्ध उत्पादन प्रबद्र्धन कार्यक्रम, बाख्रा उत्पादकत्व सुधार कार्यक्रम, बाख्राको कृषक पाठशाला कार्यक्रम, गाउँ स्तर नमूना बगैचा कार्यक्रम, साना अनुदान कार्यक्रम, डेरी बाख्रा प्रबद्र्धन कार्यक्रम र घरबारी बगैचा कार्यक्रम  आदि संचालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसरी जिल्लामा उन्नत खालका कुखुरा वितरणबाट कृषकको पोषणमा सुधार भएको छ भने बाख्रा खोर निर्माण कार्यक्रमबाट आय आर्जनमा बृद्धि हुनुको साथै कृषकहरु ब्यवसायिकरणमा उन्मुख बन्दै गएका छन् । 

यस्तै कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जिल्ला कृषि विकास कार्यालय रोल्पा मार्फत संचालित कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार यस कार्यक्रम मार्फत जिल्लाका १० गाविसमा कृषक पाठशाला, पोषण बाली प्रदर्शन, प्रविधि अवलम्न, साना अनुदान, वीउ उत्पादन, साना सिंचाई, प्लाष्टिक पोखरी निर्माण लगाएतका कामहरु संचालन भएका छन् । 

जसबाट १२०८ जना कृषकहरु लाभान्वीत भएका । यसरी बाली विशेष कार्यक्रम अन्तर्गत गहुँ र आलुको खेती प्रविधिको बारेमा जानकारी गराइएको छ । यस्तै कृषकहरुलाई बितरण गरिएको पावर टिलरबाट कृषकहरुले फाइदा लिइरहेका छन् जसका कारण कृषकहरुको समय र पूजिँको बचत भइरहेको छ । यसैगरी डब्लु के १२०४ जातको गहुँको वीज बृद्धिगरी २० हेक्टर जमीनमा संचालन गरिएको छ  । जसबाट ५० मे.टन. उत्पादन हुने अपेक्षा गरिएको छ । 

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. भवानीप्रसाद शर्माले जिल्ला स्वास्थ्य कार्यालय रोल्पामार्फत संचालित कृषि तथा खाद्य सुरक्षा कार्यक्रमका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँका अनुसार यस कार्यक्रम मार्फत बालबालिकाको पोषण अवस्था सुधारका लागि सर्बोत्तम पीठो उत्पादन गर्ने सीप तथा आमा समूहहरुका लागि सशक्तिकरण तालिम संचालन गरिएको छ ।  महिलाहरुको कार्यबोझ  कमगर्नका लागि साना अनुदान कार्यक्रम मार्फत ७ वटा कुटानी पिसानी मिलको स्थापना गरिएको छ । मौसमी रुपमा स्थानीय उपलब्ध अमला, नासपाती जस्ता खाद्य पदार्थहरुको प्रसोधन  एवम् संचय सम्वन्धी उप आयोजना संचालन तथा तालिम प्रदान गरिएको छ ।  

स्थानीय विकास अधिकारी सुशील बैद्यको अध्यक्षताम सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्राईको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला पुशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादु सिंहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन डा. धर्मराज गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ