सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मन"/>
2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ओझेलमा

सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ । 

रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर सहरजस्तो लाग्छ । तर यहाँसम्म पुग्ने मोटरबाटोको स्तरोन्नति हुन नसक्दा यस्ता प्रकृतिले दिएका सुन्दर मनमोहक क्षेत्र ओझेलमा परिरहेका छन् । 

प्याराग्लाइडिङ सञ्चालन गरेर प्रशस्त स्वदेशी तथा विदेशी मुद्रा आर्जन गर्ने सम्भावना छ । तर यस विषयमा स्थानीय निकाय, यस क्षेत्रका राजनीतिक दल, बुद्धिजीवी, सामाजिक व्यक्तिले नै ध्यानदृष्टिले सोच्न पनि सकिरहेका छैनन् । 

नगरपालिकाको बजेट विनियोजन गर्दा पनि सकेसम्म टाठाबाठा व्यक्तिले मात्रै आफूलाई पायक पर्ने स्थानमा मात्र खर्च गर्न जोड गर्छन् ।

नगरवासी भएर पनि यहाँका जनताले न त बिजुलीको सुविधा, न त खानेपानी, न त सडक यातायातको सुविधा भोगचलन गर्न पाएका छन् । एक किलो नुनका लागि पनि दुई घन्टाको पैदल हिँडेर रामपुर बजार नै धाउन बाध्य रहेको स्थानीय बासिन्दा मिनु सिञ्जाली बताउनुहुन्छ । 

यहाँबाट उत्तरतर्फ टल्केका हिमालको दृश्य, स्याङ्जा, तनहुँको रमणीय पहाडी भेग, कलकल बग्ने कालीगण्डकी नदी, तल रमणीय रामपुर उपत्यकाले जो कसैलाई पनि मोहित पारिरहेको हुन्छ । विकासले गति लिन नसक्दा यस्ता प्रकृतिले दिएको प्रचुर सम्भावना पनि खेर गइरहेका छन् । 

यस क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकेको खण्डमा गाउँ र यहाँका जनताले मुहार फेर्ने स्थानीय बासिन्दा सूर्यप्रसाद रेग्मीले बताउनुभयो । नगरपालिकाले पनि यस क्षेत्रमा सम्भाव्यता अध्ययन गरी निकट भविष्यमा प्याराग्लाइडिङ सञ्चालनतर्फ चासो दिएर काम गर्नु जरुरी छ । यस्ता प्रकृतिले दिएका अपार रमणीय क्षेत्रको विकास गर्न सके रामपुर क्षेत्रले मात्र हैन देशले नै छिट्टै फड्को मार्ने थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल