सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मन"/>
2026-10-30 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ओझेलमा

सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ । 

रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर सहरजस्तो लाग्छ । तर यहाँसम्म पुग्ने मोटरबाटोको स्तरोन्नति हुन नसक्दा यस्ता प्रकृतिले दिएका सुन्दर मनमोहक क्षेत्र ओझेलमा परिरहेका छन् । 

प्याराग्लाइडिङ सञ्चालन गरेर प्रशस्त स्वदेशी तथा विदेशी मुद्रा आर्जन गर्ने सम्भावना छ । तर यस विषयमा स्थानीय निकाय, यस क्षेत्रका राजनीतिक दल, बुद्धिजीवी, सामाजिक व्यक्तिले नै ध्यानदृष्टिले सोच्न पनि सकिरहेका छैनन् । 

नगरपालिकाको बजेट विनियोजन गर्दा पनि सकेसम्म टाठाबाठा व्यक्तिले मात्रै आफूलाई पायक पर्ने स्थानमा मात्र खर्च गर्न जोड गर्छन् ।

नगरवासी भएर पनि यहाँका जनताले न त बिजुलीको सुविधा, न त खानेपानी, न त सडक यातायातको सुविधा भोगचलन गर्न पाएका छन् । एक किलो नुनका लागि पनि दुई घन्टाको पैदल हिँडेर रामपुर बजार नै धाउन बाध्य रहेको स्थानीय बासिन्दा मिनु सिञ्जाली बताउनुहुन्छ । 

यहाँबाट उत्तरतर्फ टल्केका हिमालको दृश्य, स्याङ्जा, तनहुँको रमणीय पहाडी भेग, कलकल बग्ने कालीगण्डकी नदी, तल रमणीय रामपुर उपत्यकाले जो कसैलाई पनि मोहित पारिरहेको हुन्छ । विकासले गति लिन नसक्दा यस्ता प्रकृतिले दिएको प्रचुर सम्भावना पनि खेर गइरहेका छन् । 

यस क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकेको खण्डमा गाउँ र यहाँका जनताले मुहार फेर्ने स्थानीय बासिन्दा सूर्यप्रसाद रेग्मीले बताउनुभयो । नगरपालिकाले पनि यस क्षेत्रमा सम्भाव्यता अध्ययन गरी निकट भविष्यमा प्याराग्लाइडिङ सञ्चालनतर्फ चासो दिएर काम गर्नु जरुरी छ । यस्ता प्रकृतिले दिएका अपार रमणीय क्षेत्रको विकास गर्न सके रामपुर क्षेत्रले मात्र हैन देशले नै छिट्टै फड्को मार्ने थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल