माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य"/>

2026-07-11 06:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रहरी–नागरिक सहकार्य आवश्यक: महानिरीक्षक अर्याल

2017-02-03


माघ २१, भीमदत्तनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

बिहीबार कञ्चनपुरको वाणीस्थित दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको औँल्याउनुभयो । “अपराधीसित समाजले कहिल्यै पनि सम्झौता गर्न सक्दैन”, प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो–“अपराध नियन्त्रणमा बढ्दै गएका चुनौती सामना गर्न नागरिकबाट पनि प्रहरीलाई सहयोग आवश्यक पर्छ ।” 

नागरिक अपेक्षाअनुरुप सेवा गर्न प्रहरीको कार्यशैली, प्रविधि र दक्ष जनशक्ति आवश्यक हुने उहाँको भनाइ थियो । प्रहरीलाई नयाँ चुनौती पनि समयक्रमअनुसार थपिएको बताउँदै उहाँले प्रहरीप्रति जनअपेक्षा पनि बढ्दै गइरहेको धारणा राख्नुभयो । “जनचाहना पूरा गर्न नसके प्रहरी पनि समाजमा स्थापित हुन सक्दैन”, अर्यालले भन्नुभयो–“वर्तमान समयमा अपराधको दायरा पनि बढ्दै गइरहेको स्थिति छ ।” 

प्रहरीलाई राम्रो बनाउने दायित्व नागरिक समाजको पनि भएको बताउँदै अर्यालले स्थापनाकालदेखि अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी ऐनले तोकेको जिम्मेवारी प्रहरी सङ्गठनले बहन गर्दै आइरहेको बताउनुभयो । दङ्गा नियन्त्रण गणमा दुई चरणमा निर्माण भएका ब्यारेक, कार्यालय भवन, क्वार्टर गार्ड लगायतका भवन उद्घाटन गरिएका हुन् । 

त्यसैगरी, केही भवन अझै निर्माणाधीन अवस्थामा रहेको दङ्गा प्रहरी नियन्त्रण गणका गणपति प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ