2026-06-25 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीलाई विप्लवले दिए कडा चेतावनी (विज्ञप्तिसहित)

2017-02-03

माघ २१, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीका गतिविधि रोक्न सरकार लागिपरेको भन्दै राज्यको यस्तो रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले बिहीबारको मन्त्रीपरिषदको बैठकमा आफ्नो पार्टीका गतिविधिलाई नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार गरेको भन्दै उनले यस्तो चेतावनी दिएका छन ।

‘हिजोको मन्त्रिपरिषदमा गृह मन्त्रिले हाम्रो पार्टीवाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिबिधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताब गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गंभिर प्रकारले तानेको छ’-विज्ञप्तिमा भनिएको छ । 

उनले भनेका छन् ‘यतिवेला हाम्रो पार्टी फाल्गुन १ गतेदेखि १० गतेसम्म ऐतिहासिक आठौं महाधिवेशन गर्ने काममा जुटिरहेको छ र महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यहीबेला हाम्रो पार्टी विरुद्ध एकदमै भ्रामक प्रचार राज्यका सञ्चारमाध्यमबाट गर्नु भनेको हाम्रो महाधिवेशनलाई बाधा पुर्याउने र जनताको आकर्षणलाई भाड्ने खेल हो ।

यो गम्भीर किन पनि छ भने राष्ट्र र जनताको पक्षमा काम गर्दा, साथै गलत कार्यकोविरुद्ध संघर्ष गर्दा उक्त कार्यहरुलाई प्रोत्साहित गर्नुको सट्टा उल्टो दमन गर्नु भनेको राज्यले नै देशलाई अशान्ति र द्वन्द्वतिर धकेल्ने कार्य गर्नु हो ।’

उनले सरकारलाई दमनमा नउत्रिन चेतावनी दिदै यदि राज्य दमनमा उत्रिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । उनले राज्यको दमनकारी र भ्रामक कार्यको देशव्यापी रुपमा भण्डाफोर र प्रतिरोध गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल पनि गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ