माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । 
"/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्मेवार ढङ्गले काम गरेमात्र मुलुक समृद्ध बन्छ: मन्त्री भण्डारी

२१ माघ २०७३, शुक्रबार ०९:११

माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) वन तथा भू–संरक्षण मन्त्रालय सातौँ विभागीय अधिवेशन आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले पदीय मर्यादाअनुसार काम गरेमात्र मुलुक अगाडि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – “राम्रो काम गर्नुहोस्, राम्रो काम गर्नेको उच्च मूल्याङ्कन हुन्छ ।” 

मन्त्री भण्डारीले राम्रो र जिम्मेवारपूर्वक ढङ्गले काम गर्दा समस्या आइपरे समाधान गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन हुने गरी कार्ययोजना बनाउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्नुभयो ।

वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले सेवाग्राहीलाई सकेसम्म छिटो सेवा दिनेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “प्रजातन्त्रको देनले विभिन्न सङ्घ सङ्गठन खोल्न पाइएको हो प्रजातन्त्रको मूल्य मान्यतालाई केन्द्रमा राखेर काम गर्नुहोस् ।” 

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले निजामती कर्मचारीको मुख्य काम सरकारले बनाएको नीतिलाई कार्यान्वयन गर्ने भएको हुँदा सोहीअनुसार काम गर्न आग्रह गर्नुभयो । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विभागीय कार्यसमितिका अध्यक्ष खगेन्द्र दुलाल, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का केन्द्रीय महासचिव जितबहादुर मडैलगायतले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति