माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । 
"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिम्मेवार ढङ्गले काम गरेमात्र मुलुक समृद्ध बन्छ: मन्त्री भण्डारी

२०७३, २१ माघ शुक्रबार ०९:११

माघ २१, काठमाडौँ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले कर्मचारीले जिम्मेवारपूर्ण ढङ्गले काम गरेमात्र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) वन तथा भू–संरक्षण मन्त्रालय सातौँ विभागीय अधिवेशन आज यहाँ उद्घाटन गर्दै मन्त्री भण्डारीले पदीय मर्यादाअनुसार काम गरेमात्र मुलुक अगाडि बढ्ने बताउनुभएको हो । उहाँले भन्नुभयो – “राम्रो काम गर्नुहोस्, राम्रो काम गर्नेको उच्च मूल्याङ्कन हुन्छ ।” 

मन्त्री भण्डारीले राम्रो र जिम्मेवारपूर्वक ढङ्गले काम गर्दा समस्या आइपरे समाधान गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन हुने गरी कार्ययोजना बनाउन सम्बन्धित पक्षलाई आग्रहसमेत गर्नुभयो ।

वन तथा भू–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले सेवाग्राहीलाई सकेसम्म छिटो सेवा दिनेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “प्रजातन्त्रको देनले विभिन्न सङ्घ सङ्गठन खोल्न पाइएको हो प्रजातन्त्रको मूल्य मान्यतालाई केन्द्रमा राखेर काम गर्नुहोस् ।” 

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले निजामती कर्मचारीको मुख्य काम सरकारले बनाएको नीतिलाई कार्यान्वयन गर्ने भएको हुँदा सोहीअनुसार काम गर्न आग्रह गर्नुभयो । 

नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) विभागीय कार्यसमितिका अध्यक्ष खगेन्द्र दुलाल, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)का केन्द्रीय महासचिव जितबहादुर मडैलगायतले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला