माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गत"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर राप्रपाको क्षेत्रीय अधिवेशन सुरु

२०७३, २१ माघ शुक्रबार १०:२७

माघ २१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ । 

पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो । 

पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । 

महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वाचित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन् । 

राजनीतिक रुपमा समझदारी कायम भएका स्थानमा सर्वसम्मत तथा विवाद भएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि छानिने छन् । 

सो अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट नौ जनाको प्रतिनिधित्व रहने हुँदा समग्रमा दुई हजार १६० जना छनोट हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्षेत्रीय अधिवेशनमा छनोट हुनका लागि केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुर, राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नुवाकोट र पूर्व अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोकमा भइरहेको अधिवेशनमा सहभागी हुनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ