माघ २२, ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा बिधुतको केन्द्रीय प्रशारण लाइन पुग्ने बताउनुभएको छ । 

“समग्र ग्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा बिधुतको केन्द्रीय प्रशारण लाइन पुग्ने बताउनुभएको छ । 

“समग्र ग्रा"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वर्षभित्र सबै ठाँउमा बिधुत सेवा पुग्छ: ऊर्जामन्त्री

२०७३, २२ माघ शनिबार ०८:५१

माघ २२, ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा बिधुतको केन्द्रीय प्रशारण लाइन पुग्ने बताउनुभएको छ । 

“समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्,” ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उहाँले भन्नुभयो — “केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने उदेश्यले नै सरकारले अहिले उज्यालो नेपाल अभियान सञ्चालन गरेका छन् ।” 

मन्त्री शर्माले आफूले मन्त्रालय सम्हालेयता ताप्लेजुङ, रुकुम, जाजरकोट, कालिकोटजस्ता क्षेत्रमा केन्द्रीय प्रशारण लाइन पु¥याएको र बाँकी दुर्गम क्षेत्रमा पनि क्रमशः विद्युत् पु¥याउने सम्भावनाहरुको खोजीमा लागेको बताउँदै अबको तीन वर्षभित्रै बाँकी रहेका ३५ देखि ४० प्रतिशत जनताको घरघरमा केन्द्रीय प्रशारण पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“मुलुकका सबै नदिनालाबाट विद्युत् उत्पादन गर्न एवम् सदुपयोग गर्न नीतिगत निर्णयको खाँचो महसुस गरेर सरकारले हाल ३७ बुँदे कार्ययोजनालाई अघि बढाइएको छ,” उहाँले भन्नुभयो — “पहिलो योजनाअन्तर्गत लोड सेडिङमुक्त गराउने अभियानका क्रममा काठमाडौँ, पोखरा, बुटवल, वीरगन्जलगायतका सहरलाई लोडसेडिङ मुक्त बनाइएको र अन्य क्षेत्रलाई क्रमशः लोडसेडिङ मुक्त बनाउने काम भइरहेको छ ।” 

मन्त्री शर्माले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई सार्थक तुल्याउन जनता र सरकारको लगानीमा एक जिल्ला एक विद्युत् परियोजना सञ्चालनको अवधारणा अघि सार्न लागिएको चर्चा गर्दै प्राथमिकता प्राप्त योजनालाई फास्ट ट्रयाकबाट सम्पन्न गर्न नीतिगत रुपमा सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

विद्युत् चुहावट न्यूनिकरणका लागि अब चाँडै नै स्मार्ट मिटर जडान गर्ने र मोबाइलबाटै विद्युत् महसुल तिर्ने गरी बातावरण बनाउन अध्ययन तथा आवश्यक काम भइरहेको समेत उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ