माघ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति"/>
२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संशोधन प्रस्ताव टुँगो नलागे चुनावको मिति घोषणा हुँदैन्’

२०७३, २२ माघ शनिबार ०९:५२

माघ २२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार खनालले भने,‘संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन्, हिजो मधेशी मोर्चाका नेताहरुलाईपनि प्रधानमन्त्रीले संशोधन टुँगो लागेपछि मात्रै चुनावको मिति घोषणा गर्ने आश्वस्त पार्नुभएको छ, र मोर्चाका नेताहरुलेपनि सकारात्मक सहयोग गर्नुपर्छ भनेर प्रमले भन्नुभएको छ, मोर्चा र प्रधानमन्त्रीवीच हिजो जुन सहमति भएको छ, अब त्यसलाई कार्यान्वयन गरेपछि मात्रै चुनावको मिति घोषणा हुन्छ ।’

कार्यक्रममा बोल्दै उनले भने,‘संविधान संशोधन प्रक्रियालाई नै अहिले प्रधानमन्त्रीले तदारुकताका साथ अगाडि बढाईरहनुभएको छ, संविधान संशोधन गरेर सबैलाई मिलाएर चुनावमा जाँदा राम्रो हुन्छ, र देशलेपनि निकास पाउँछ, चुनाव राष्ट्रिय सहमतिमै हुनुपर्छ, यसमा एमालेलेपनि वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ ।’

खनालले अहिले मुलुकमा दुई थरी विचारहरु देखा परेको बताउँदै थपे,‘एकथरी अहिले संविधान संशोधन नगरौं, बरु चूनाव गरौं भनेर लागिपरिरहेको छ, अर्को थरी चाहीँ संशोधन गरेर समस्याको हल गरेर चुनावमार्फत देशलाई अघि बढाउनुपर्छ भनिरहेको छ ।’

उनले वर्तमान सरकारको गठन नै मधेश मुद्दा हल गर्ने र चुनाव गरेर संविधान कार्यान्वयन गर्नको लागि भएकोले सरकारले निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गराएर छाड्ने उद्धघोष गरे। संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार गम्भिर भएर लागिरहेको बताउँदै खनालले भने,‘परिणाम जे आएपनि अब मधेशी मोर्चालेपनि निर्वाचन र संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ