माघ २२, काठमाडौं । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, काठमाडौं । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीव"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिनामंगलमा बन्यो हवाइ सङ्ग्रहालय, छिट्टै सर्वसाधारणका लागि खुला हुने

२२ माघ २०७३, शनिबार १०:२३


माघ २२, काठमाडौं । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो ।

सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तरको मेहनतले सफलताको शिखरमा उनलाई पुर्याएको हो ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमान चालक उप्रेतीले नेपालको गौरव र गरिमा विदेशमा पनि बढाइरहेका छन् । हवाई उड्डयनका क्षेत्रमा मात्र नभई देश र समाजका लागि फरक काम गरेर विश्वमा आफ्नो पहिचान बनाएका उप्रेतीले उड्डयन सङ्ग्रहालय (एभिएसन म्युजियम) स्थापना गरी नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

उनले विश्वकै फरक एभिएसन सङ्ग्रहालय काठमाडौँ, सिनामङ्गलमा बनाएका छन् । यसअघि उनले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरी चर्चा कमाएका थिए ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिनेछ । त्यसैगरी एभिएसनको इतिहास र आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको एरियल फोटोग्राफी(आकाशबाट तस्बिर खिँच्नु) प्रदर्शनी गरिनेछ । फिस्टेल एयरको हेलिकोप्टर पनि सङ्ग्रहालयमा अट्नेछ ।

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन सङ्ग्रहालय सुरु गरिएको क्याप्टेन उप्रेतीले बताए ।

ठूलो र आधुनिक सङ्ग्रहालय

“यो ‘लेटेस्ट’ र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन सङ्ग्रहालयमा राखिएको छैन । कसैले राख्ने हिम्मत पनि गरेको छैन, यो खरिद गर्नै सक्दैन”– उप्रेतीले भने ।

संयोगले नै नेपालमा अवतरण गर्ने क्रममा टर्किज एयरवेजको विमान ग्राउन्डेड भएकाले उप्रेती ट्रस्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गर्ने अवसर मिलेको उप्रेतीको भनाइ छ । “अहिले एयरबस जोड्ने ‘एसेम्बल’ गरिराछौं, मार्चको १० सम्म जोड्ने काम सकिन्छ, अनि बाँकी काम सकेपछि जुलाइदेखि सर्वसाधारणका लागि खुल्छ ।”

सफलताको श्रेय आफैँलाई दिने उप्रेतीको विचारमा गन्तव्यमा पुग्न सपना र कडा मेहनत चाहिन्छ नै । तर पारिवारिक स्वतन्त्रता पनि उत्तिकै आवश्यक हुन्छ ।

हवाई करियरमा ११ हजार घन्टा विमान उडाउनुभएका उप्रेतीले लामो समयदेखि इन्डोनेसियामा ग्राउन्ड ‘सिमिनेटर इन्सट्रक्टर’ भएर काम गरिरहेका छन् ।

जीवन सङ्घर्ष मानिसको दैनिकीसँग जोडिएका कुरा हुन् सफलताका पछाडि कैयन अविस्मरणीय भोगाइ पक्कै हुन्छन् । उप्रेती सम्झन्छन्, “विराटनगर उडानमा रहेको नेकोन एयरको विमान कोसी नदीमाथि पुगेपछि एउटा इन्जिन फेल भयो, विमानका दुइटा इन्जिन भएकाले जसोतसो अवतरण गरियो । अर्को सगरमाथा क्षेत्रमा २७ हजार फिटबाट करिब तीन हजार फिट विमान खसेको छ जुन जीवनकै अविष्मरणीय क्षण हुन् ।”

टर्किस एयरलाइन्सले उप्रेती ट्रस्टलाई बिक्री गरेको डिजेवल एयरक्राफ्टमा बन्न लागेको सङ्ग्रहालयमा मुलुकभरका सबै माध्यमिक तहका विद्यार्थीले निःशुल्क प्रवेश पाउनेछन् ।

उप्रेतीका अनुसार अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम (एनग्याप) अन्तर्गत यो सङ्ग्रहालय सञ्चालन गरिनेछ । चार सय ४४ यात्रु सिट क्षमताको यो विमानभित्र ककपिट स्रोत व्यवस्थापन, एयरहोस्टेस तालिम, हवाई उडान सुरक्षाबारे गोष्ठी पनि हुनेछन् ।

विमानस्थलको रिमोट पार्किङ क्षेत्रमा राखिएको टर्किस विमानलाई प्राविधिकले डिस्मेन्टल (खोलखाल) गरी सिनामङ्गलकै जग्गामा सङ्ग्रहालय स्थापना गरिरहेका छन् ।

सङ्ग्रहालय निर्माणको सोच कसरी आयो भन्ने जिज्ञासामा उप्रेतीले भने– “म एक महिना उडेपछि अर्को एक महिना नयाँ देश र गन्तव्य घुम्छु, हालसम्म ८० बढी देश घुमिसकेँ, त्यहाँ गएपछि यस्ता नयाँ आइडिया आउँछ, यो त्यसको उपज हो ।”

उप्रेतीले दुई वर्षअघि कैलालीको धनगढीमा डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरेका छन् । कस्मिक एयरको ग्राउन्डेड विमानको उक्त म्युजियममा करिब तीन सय साना विमान राखिएका छन् ।

यो एयरबसको लम्बाइ २०८ फिट, उचाइ ५५ फिट र पखेटाको चौडाइ १९७ फिट छ । म्युजियम सञ्चालनका लागि करिब रु छ करोड लाग्ने बताइएको छ, विमान खोल्न र जोड्न मात्रै हजाराँै डलर खर्चनुपरेको उप्रेतीको भनाइ छ ।

एक्लो व्यक्तिले सञ्चालन गर्न समस्या भएकाले क्यानसँगको साझेदारीमा सुरु गरिएको हो तर सबै लगानी उप्रेतीकै छ । टर्किस विमान विसं२०७१ फागुन २० गते बिहान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो ।

उप्रेतीको उड्डयन करियर

विसं २०२० मा कैलालीमा जन्मिएका उप्रेतीको बाल्यकालमा इन्जिनियर बन्ने चाहना थियो । सुरुका १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गर्नुभएका उप्रेती २०५२ मा नेकोन एयरमा जागिरे भए ।

नेकोन एयर आठ वर्ष उडेपछि बन्द भयो । उनीसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगे । त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरे ।

सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गरे । -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य