2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा जनमोर्चाको अक्टोबर क्रान्ति सत्वर्षिकी कार्यक्रम

विमल धामी/माघ २२, कञ्चनपुर । बेल्डाँडी नगरपालिकामा सनिवार राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्ति सत्वर्षिकी कार्यक्रम सम्पन्न गरेको छ । अक्टोवर क्रान्ति सत्वर्षिकी कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय जनमोर्चाले अक्टोबर क्रान्ति सय बर्ष पुगेको अवसरपारेर देशै भर बिभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मनतब्य राख्दै जिल्ला अध्यक्ष लोकेन्द्र लमसालले भने पार्टि सानो ठुलोले विकास नहुने बताए । विचार सहि भयो भने विकास आफ्सेआप हुने कुरा बताउदै जनमोर्चामा सबैले लाग्नु पर्नेमा जोडदिएका थिए । जनमोर्चाको निति सिद्धान्तको बारेमा बुझेर लाग्न समेत आग्रह गरे । यस्तै पार्टिका केन्द्रिय सदस्य राजाराम चौधरीले भने यो पार्टि सोषित पिडितको हकहितमा काम गर्ने पार्टि भएकोले सबैले गोलबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने संघिताको बिरोध गर्दै संघियताले देश टुक्र्याउने काम गरेकोले सिङ्गो देशलाई गोलबद्ध भएर यो देशलाई बचाउन लाग्नु पर्नेमा युवाहरुले जाग्नु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा कार्यक्रका प्रमुख अतिथि मनोज भट्टले भने संघियताले देशले निकास नपाउने भएको भन्दै यस देशको कानुनको बारेमा ब्रिफिङ गरेका थिए । १ वटा कानुन लेख्न ठुला दलले आफुले चाहेको कानुन बनाउन ९महिना लगाएको जिकिर गर्दै संविधान धर्म ग्रन्थ नभएको भन्दै सरकारको घोर विरोध गरेका थिए ।

 अखिल छैटौँका केन्द्रिय सचिव महेश जोशीले भने स्ववियुको चुनाव गराउनु पर्छ भन्ने आफुहरुले पहिले देखिनै दवाव दिदै आएको बताए । स्ववियु चुनावमा आफुहरुले सवोच्व अदालतमा समेत मुद्धा जितेको दावि गरेका थिए । अवको स्ववियु चुनावमा सहयोग गर्न सबैले छैटौँमा भोट हाल्न आग्रह गर्दै संघियता खारेजीमा लाग्नु पर्नेमा जोड दिए । सभापति अभिमान थापाले भने संघियताले देश टुक्रर्याउनु भन्दा अन्य बिकल्प नभएको भन्दै सबैले यो संघियता बिरोध अभियानमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि पार्टी प्रवेशको लस्कर लागको जनमोर्चाले जनाएको छ । बेल्डाँडीका जल्दावल्दा युवा तथा कलाकार हेमराज रेग्मीले समेत सो पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रमा सभाागिहरुको मन जित्ने रक्तिम कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुति देखाएका थिए । आफ्नो पार्टीको विरोध नेपालको अखण्डतालाई खैलाबैला मचाउने प्रति रहेको बताए । उनले दोह्रोर्याए संघियताको बिरोधमा सबै नेपालीले लाग्नु पर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय जनमोर्चा बेल्डाँडी नगरकमिटीका अध्यक्ष अभिमान थापाको सभापतित्वमा प्रमुख अतिथि पार्टिका केन्द्रिय सदस्य मनोज भट्ट रहेका थिए भने अतिथिहरुमा सो पार्टीका नेताहरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता