माघ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन "/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सांसद भाडामा ल्याएमात्रै संशोधन प्रस्ताव पारित हुन्छ’

२२ माघ २०७३, शनिबार १२:१३

माघ २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र देउता अनि सरकार लागिपरिरहेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले भने,‘संविधान संशोधन कसका लागि हो ? नेपाल र नेपालीहरुको लागि हो कि वा विदेशी देउता वा शक्तिहरुको लागि हो ?’ उनले मधेशी जनताले अहिले संविधान संशोधन नभएर कार्यान्वयन चाहेको जिकिर गरे ।

उनले मधेशी जनता यो संविधान लागु होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै थपे,‘पूरै ७५ जिल्लाका जनताहरुले अहिले संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने माग गरेका छन ।’महासेठले प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनको भाँजो हाल्ने काम गरेको समेत आरोप लगाए ।

उनले भने,‘संविधान संशोधनले न मधेशलाई फाईदा गर्छ न त देशलाई नै, नेपाल रहेमात्रै मधेश रहन्छ, नेपाल नै नरहे मधेश कहाँ रहन्छ र ?’

उनले निर्वाचन र संविधान संशोधनको अन्र्तवस्तुमा कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे। नेता महासेठले एमालेलाई कसैलेपनि राष्ट्रवादको पाठ नपढाउन चेतावनी दिए। उनले थपे,‘हामीले जनताबाट पाठ सिकिसकेका छौं, भन्नेले जे–जे भनेपनि हुन्छ, हामी देश र जनताको पक्षमा काम गर्छौं ।’

उनले संविधान संशोधनको बहानामा प्रचण्ड नेतृत्वको सरकारले आयु लम्ब्याउने काम गरिरहेको समेत आरोप लगाए । ‘विदेशी शक्तिलाईपनि अहिले चुनाव चाहिएको छैन’ उनले भने,‘चुनाव नगर्ने खेलमा लाग्ने हो भने जनताले प्रचण्ड र देउवालाई कहाँ फाल्छ त्यो उहाँहरुले कल्पनापनि गर्न सक्नुहुन्न् ।’

उनले जेठमा चुनाव गर्न नसकिने भनेर गृहमन्त्रालयले भनिरहेको कुरा आफूहरुले थाहा पाएको उल्लेख गर्दै चुनाव कुनैपनि बहानामा टार्न नहुने बताए। नेता महासेठले प्रचण्ड नाम मात्रैको प्रधानमन्त्री भएको समेत जिकिर गरे। उनले थपे,‘क्याविनेटमा अर्को एड हक प्रधानमन्त्री पनि छन् ।’

उनले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरे। उनले अघि थपे,‘संविधान संशोधनको कल्पना नै गर्न सकिँदैन, नेपालका सांसदले यसलाई पारित गर्दैनन्, काँग्रेस–माओवादीभित्र नै विद्रोह हुन्छ, यदि पास गर्ने हो भने विदेशबाट सांसद भाडामा ल्याउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति