सास | नेपालमा श्वास-प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो र"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास | नेपालमा श्वास-प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो र"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा अकाल मृत्यु हुने १० कारण

२०७३, २५ माघ मंगलवार १२:०२


सास | नेपालमा श्वास-प्रश्वास सम्बन्धी संक्रमणबाट सबैभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । मुटुसम्बन्धी रोग नेपालीहरुको ज्यान लिने दोस्रो रोग ठहरिएको छ ।

ग्लोबल बर्डन अफ डिजिज नामक अध्ययनअनुसार नेपालमा अकाल मृत्युका १० प्रमुख कारणमध्ये स्वासप्रश्वास सम्बन्धी संक्रामक रोग पहिलो स्थानमा रहेको देखिएको छ ।

अध्ययनले मुटुसम्बन्धी रोगलाई विश्वमा सबैभन्दा धेरै मानिसको अकालमा ज्यान लिनेमा जिम्मेवार देखाएको भए पनि नेपालमा भने मुटुरोगको स्थान श्वासप्रश्वाससम्बन्धी रोगले लिएको छ ।

अकालमा ज्यान लिने रोगको दोस्रो स्थानमा मात्र मुटुसम्बन्धी रोग रहेको छ ।

रिपोर्ट अनुसार नवजात शिशुमा हुने इन्सेफ्लाइटिस मृत्युको तेस्रो ठूलो कारणका रुपमा रहेको छ । हृदयाघात चौथो स्थानमा छ ।

झाडापखालाजन्य रोगबाट ज्यान गुमाउने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको देखिएको छ । स्वच्छ खानेपानीको अभाव तथा सरसफाइको कमीका कारण नेपालमा वर्षेनी हुने अकाल मृत्युमध्ये झाडापखाला पाँचौं मुख्य कारकतत्वका रुपमा रहेको छ ।

अकाल मृत्यु गराउने १० कारण – श्वासप्रश्वास, मुटुरोग, इन्सेफ्लाइटिस, हृदयाघात, झाडापखाला, क्षयरोग, आत्महत्या र नवजात शिशुमा हुने समस्या

नेपालमा पछिल्लो समयमा आत्महत्याको दर बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । प्रस्तुत रिपोर्टले समेत यो तथ्यलाई पुष्टि गर्दै नेपालमा मानिसहरुको अकाल मृत्युको छैठौँ मुख्य कारकको रुपमा आत्महत्या रहेको देखाएको छ ।

क्षयरोगको उपचारमा सरकारले विशेष ध्यान दिएको तथा निशुल्क उपचारको व्यवस्था गरेको भए पनि नेपालमा क्षयरोग मानव मृत्युको मुख्य कारण रहेको देखिएको छ । क्षयरोग मानिसको ज्यान लिने सातौँ मुख्य कारण रहेको छ ।

समय नपुगी बच्चा जन्मिनु, नवजात शिशुमा हुने विभिन्न खालेे संक्रमणका साथै फोक्सोमा हुने संक्रमण क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज पनि नेपालमा मानिसको ज्यान लिने प्रमुख दश कारक तत्वभित्र परेका छन् ।

रिपोर्टअनुसार पछिल्लो २३ वर्षमा नेपालले औषत आयु सुधारमा उल्लेख्य सुधार गरेको छ । सन् १९९० देखि २०१३ को बीचमा नेपालीहरुको औषत आयु १२.१६ वर्षले बढेको देखिएकेा छ ।

रिपोर्टका अनुसार नेपालीहरुको औषत आयु सन् २०१३ मा ७०.६४ वर्ष छ । सरकारी तथ्यांक अनुसार नेपालीको औषत आयु अहिले ६९.१ वर्ष छ । सन् १९९० यता आफ्ना जनताको औषत आयु १२ वर्ष भन्दा बढीले वृद्धि गर्ने अन्य देशहरुमा रुवान्डा, इथिओपिया, नाइजर, माल्दिभ्स तथा इरान लगायतका देश पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश