माघ २६, नवलपरासी | नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले नवलपरासीका क्याम्पसहरुमा सांगठनिक हस्तक्षेप शुरु गरेको छ ।
बैद्य क्रान्तिकारीको गढ मानिदै आइएका जिल्लाका केही क्याम्पसहरुमा क्रान्तिकारीले सांगठनिक हस्तक्षेप गरेको हो । सो अन्तरगत क्रान्तिकारीले दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट २ चिसापानीमा सगठन सुदृढ तथा बिस्तार गरेको छ । दिब्यज्योति बहुमुखी क्याम्पसमा क्रान्तिकारीले तारा पोखरेल संयोजक तथा बिनिता क्षेत्री सहसंयोजक रहेको ३१ सदस्सीय मुल इकाई सम्मेलन आयोजक समिति गठन गरेको छ ।
समितिको सदस्यहरुका अर्जुन भुसाल, हरि लामिछाने, सुर्य नारायण चौधरी,हरेन्द्र चौधरी इस्तिहाक शेष, सन्दिप बराललगायत चयन हुनुभएको छ । भेला तारा पोख्रेलको अध्यक्षता पूर्व बिद्यार्थी नेता बोल्गा नेपालको प्रमुख आतिथ्यता एंव देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीका सचिव रवि पाण्डेको आतिथ्यतामा भएको थियो ।