- प्रज्वल पौडेल
सोच्दैछु कसरी हुन्छ प्यार किस्ता – किस्तामा
खोज्दैछु जीन्दगीको आधार किस्ता – किस्तामा ।
यो दिलको लालपुर्जा, नामसारी गरेर
जमाउनु आफै अधिकार किस्ता – किस्तामा।
भनेका छन् कविले उडि छुनु चन्द्र एक
हार्नु हैन जित्नु छ संसार किस्ता – किस्तामा।
पहाडी थुम्का र खोल्सामा अलमल किन
प्यास मेटी तरौँला जंघार किस्ता – किस्तामा ।
जवानी र नजरको साँच्चै युद्ध भयो भने
उठाउँला हाम्रो हतियार किस्ता – किस्तामा।
नमान्नु डर कसैको, साथमा छ प्रज्वल
जाउँला मायाको कारागार किस्ता – किस्तामा ।
सैपु -७ रामेछाप