२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहमतिका आधारमा संविधान कार्यान्वयन गर्नुपर्छ : आचार्य

२८ माघ २०७३, शुक्रबार ०५:४३

माघ २८, दाङ । संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताउनुभएको छ । 

उहाँले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताउनुभयो । 

उहाँले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताउनुभयो । संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने उहाँको भनाइ थियो । 

“सरकारले कुनै पार्टीविशेषलाई दोष लगाएर उम्कन मिल्दैन चुनाव गराउने काम सरकारको हो, जसरी भए पनि चुनाव गराउनुपर्छ” – संविधानविद् आचार्यले भन्नुभयो । 

उहाँले हाल रुपान्तरित संसद्ले दीर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्न नमिल्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली