पर्वत ।

विकासका दृष्टिले सधैं ओझेलमा परेको पर्वत जिल्लामा यसपटक भने विकास बजेट ह्वात्तै बढेको छ । गत कार्तिकमा माओवादी केन्द्र जिल्ला नेताहरु पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।

विकासका दृष्टिले सधैं ओझेलमा परेको पर्वत जिल्लामा यसपटक भने विकास बजेट ह्वात्तै बढेको छ । गत कार्तिकमा माओवादी केन्द्र जिल्ला नेताहरु पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भे"/>

2026-09-20 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यस्तो छ प्रम प्रचण्डको पर्वतको विकासको योजना

पर्वत ।

विकासका दृष्टिले सधैं ओझेलमा परेको पर्वत जिल्लामा यसपटक भने विकास बजेट ह्वात्तै बढेको छ । गत कार्तिकमा माओवादी केन्द्र जिल्ला नेताहरु पर्वतको विकासलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरेका थिए ।

पर्वतको टोलीलाई आश्वस्त पार्दै प्रचण्डले भनेका थिए, ‘पर्वत हिजो विकासका दृष्टिले पछाडि पारियो, अब पर्वत जिल्लाको विकासलाई ओझेलमा पर्न दिन्नँ ।’ त्यसपछि जिल्लाका नेताहरुसँग समन्वय गरी प्रधानमन्त्री सचिवालयमा रहेर प्रेसको संयोजन गरिरहेका माओवादी केन्द्र पर्वतका युवा नेता मनहरि तिमिल्सिनाले जिल्लाका योजनाबारे पहल लिए । उनको पहलपछि हाल कतिपय योजना छनोट भइसकेको र कतिपय योजना प्रक्रियामा रहेका छन् ।

तिमिल्सिना, नेता नेत्रनाथ अधिकारी र पर्वत जिल्लाका पूर्व प्रमूख जिल्ला अधिकारी झङ्कनाथ ढकालको पहलमा पर्वत उद्योग वाणिज्य संघले आयोजना गरेको पाँचौं पर्वत महोत्सव प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे । महोत्सवकै बेला प्रचण्डले जिल्लाका ठूला योजनाहरुलाई बजेटमार्फत् सम्बोधन गरे ।

प्रचण्डले कुश्मा–फलेबास–हुवास मोटरबाटो कालोपत्रे, सदरमुकाम कुश्मामा सिटी हल निर्माण, पातिचौरमा खाद्यान्न शीत भण्डार, लप्सीको क्याण्डी प्रशोधन केन्द्र निर्माण, सदरमुकाममा खेलकूद रंगशाला निर्माण लगायतका ठूला योजनामा आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।

प्रचण्डले घोषणा गरेका कार्यक्रममध्ये लप्सीको क्याण्डी प्रशोधन केन्द्र निर्माण र पातिचौरमा खाद्यान्न शीत भण्डारलाई तिमिल्सिनाले त्यसअघि नै योजनाको रुपमा प्रस्ताव गरी कृषि मन्त्रालय पठाइसकेका थिए । प्रचण्डले बोलेको भोलिपल्टै बाँकी योजना पनि कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाई सकिएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दियो ।

तिमिल्सिनाले स्थानीय तह पूनर्संरचना प्राविधिक समितिले प्रस्ताव गरेको मोदी गाउँपालिकाका योजनालाई प्राथमिकता दिँदै पर्वत जिल्लाका समग्र योजनबारे पनि पहल गरेका छन् । उनले राम्जाठाँटी पशुपति उच्च मा।वि। खानेपानी स्तरोन्नति, राम्जादेउरालीमा शहिद स्मृति सूचना केन्द्र र पुस्तकालय, चित्रेमा पञ्चासे जडीबुटी प्रशोधन केन्द्र, चित्रे–ठाँटी–पकुवा सिंचाई कुलो (चाल्से कुलो) मर्मत, कास्की भदौरे हुँदै चित्रे जोड्ने मोटरबाटो स्तरोन्नति, तिलाहार रातामाटा, सिस्नेरी, चुत्रेनीडाँडा ग्रामिण कृषि सडक, भूकताङ्लेको ठाडो खोला जलविद्युत् आयोजना मर्मत, पातिखोला खाद्यान्न शीत भण्डार, जरेखोला–पकुवा नहर मर्मत योजना, पातिचौर–बाजु–क्याङ मोटरबाटो स्तरोन्नति, राम्जादेउराली ७ र ८ मा सामुदायिक भवन निर्माण, पञ्चरत्न प्रावि आर्थरको भवन निर्माण, पकुवामा व्यवसायिक अलैंची खेती कार्यक्रम लगायतका योजनाहरु प्रस्ताव गरी सम्बन्धित मन्त्रालय, योजना आयोग र अर्थ मन्त्रालय पठाइसकेका छन् ।

त्यसैगरी तिमिल्सिना र माओवादी केन्द्र पर्वतका नेताहरु नेत्रनाथ अधिकारी, दीपक आचार्य, सुदिप कुंवर, त्रिभूवन पौडेल लगायतका नेताहरुको पहलमा सिल्मी, ठूलीपोखरी, खौला, कार्कीनेटा सडक कालोपत्रे, स्याङ्जा फूलबारी हुँदै आर्थर, राम्जादेउराली, डिमुवा मोटरबाटो पनि बहुवर्षीय योजना अन्तर्गत कालोपत्रे हुँदैछ । यसैगरी वहाकीको ठूलापधेंरा मुहान मर्मत,ख उराम, वहाकी मोटरबाटो स्तरोन्नति, कटुवा साइकलचोक, ठूलीपोखरी मोटरबाटो लगायतका दर्जनौं योजनाहरु प्रस्ताव भएका छन् ।

त्यसै गरी सुमरेखोला, सिरुबारी, लिमिठाना सडक, पाङ्राङ्, खोरियाखर्क, भोकसिङ सडक, लुंखु, बालाकोट, होश्राङ्दी ग्रामिण सडक, वारीबेनी, बगरफाँट, बासखर्क, लेखफाँट सडक, देउराली, पैयुपाटा, नाङ्लीवाङ, बनौं सडक लगायतका सडक योजनाहरु पनि बजेट थप गर्ने प्रक्रियामा रहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यसअघि नै पर्वत जिल्लामा कफी, अलैंची लगायतका नगदेबालीका लागि जोन र ब्लक योजनामा समावेश भइसकेको छ ।

पर्वतका माओवादी नेताहरुले दिएको जानकारी अनुसार कृषि, पर्यटन, सिचाईं, यातायात, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा ६ दर्जनभन्दा बढी योजना विभिन्न मन्त्रालय र विभागहरुमा पेश भएका छन् । पेश गरिएका योजनामध्ये २० प्रतिशत योजनामा बजेट बिनियोजन भए पनि यसपटक पर्वत जिल्लाको विकासमा गुणात्मक प्रगति हुने नेताहरुको दावी छ ।

सुचनाकेन्द्र अनलाइन बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो