मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ "/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आसन्न निर्वाचनका लागि संसोधन आवश्यक: गृहमन्त्री निधि

२८ माघ २०७३, शुक्रबार १४:५२


मोहम्मद ईजहार शेष/माघ २८, नवलपरासी । उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिले मुलकको आर्थिक बिकासमा अद्योग क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ । 

उद्योग बाणिज्य संघ नवलपरासीको ३५ औं बार्षिक साधरण सभामा प्रमुख अतिथिको रुपमा परासी आउनु भएको गृहमन्त्री निधिले देश रहेको प्रमुख समस्या गरिबी निवारणका लागि पनि उद्योग क्षेत्रले नेतृत्व गर्नु पर्ने बताउनु भएको छ । 

गृहमन्त्री निधिको प्रमुख आतिथ्य तथा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष भिम बहादुर थापा भरतको अध्यक्षतामा आज भएको ३५ औं साधरण सभाको उद्घाटन गर्दै मन्त्री निधिले यस्तो बताउनु भएको हो ।

राजनितिक क्षेत्रमा अहिलेको प्रमुख समस्या संविधान संसोधन भएकोले उक्त समस्या सबैको सहमतिले समाधान गर्नुपर्ने बताउनु भयो । जारी भएको संविधान संसोधन सर्वस्वीकार्य बनाउन र आसन्न निर्वाचन सम्पन्न गराउनका लागि ४ बुंदे संसोधन आवश्यक भएको भन्दै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई संविधान सांसोधन गराउन उपप्रधान एंव गृहमन्त्री निधिले आग्रह गर्नु भयो । 

कार्यक्रममा उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष भरत थापाले नवलपरासीका उद्योग क्षेत्र, धार्मिक पर्यटन क्षेत्र र महेशपुर छोटी भन्सारको स्तरोन्नत्तीका लागि गृहमन्त्री निधिको ध्यानाकर्षण गराउनु भएको थियो । 

उद्घाटन सत्रमा उद्योग बाणिज्य महासंघकी केन्द्रिय उपाध्यक्ष भवानी राणा, मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरी, उद्योग बाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता, महासचिव गिरीराज पाण्डे लगायतले भुभकामना ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै