प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकप"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेलाई पहिलाे बनाउन स्थानीय तहमा जुटाैँ :रामेछापका नेता

२९ माघ २०७३, शनिबार १५:१६


प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं १ द्वारा अायाेजित एक कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका सह ईन्चार्ज विजय गुरूङले ढिलाे चाडाे निर्वाचन हुने भएकाले नेतृत्व पंक्ति स्थानीयस्तरमा लाग्नुपर्ने बताउनुभयाे । गुरूङले सबै एकमत भएर पार्टीकाे नीति तथा कार्यक्रम जनता माझ गए एमाले पहिलाे पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयाे ।

एमाले वैकल्पिक केन्द्रीय सदस्य देवशंकर पाैडेलले एमालेकाे बलमा संविधान घाेषणा भएकाले कार्यान्वयनमा अन्य दल नलागेकाे धारणा राख्नुभयाे । अहिलेकाे सरकार गठबन्धन भारतकाे इसारामा चलेकाले निर्वाचन घाेषणा हुन नसकेकाे बताउनुभयाे । एमाले नीति बनाउने तर नेतृत्व अरूले लिने हुदाँ जनताकाे विस्वास जित्न नसकेकाे बताउदै पाैडेलले स्थानीय स्तर सक्रिय भए जित सुनिश्चित हुने स्पष्ट पार्नुभयाे ।

यस्तै सासंद कमला सुवेदीले राष्ट्रलाई विभाजन गर्ने गरि अाएकाे संविधान संशोधन विद्येयक संसदबाट पास हुन नदिने बताउनुभयाे । उहाँले स्थानीय निर्वाचन नभए देश अस्थिरता तर्फ धकिलिने भएकोले चुनावमा जानुकाे विकल्प नभएकाे बताउनुभयो। सुवेदीले जिल्लाकाे विकास र समस्या समाधानको लागि अाफू निरन्तर लागेकाे बताउनुभयो ।


एमाले प्रदेश नं ३ का सदस्य कैलाश ढुङ्गेलले कांग्रेसकाे समाजवाद माअाेवादिसँग मिलेपछि समाप्त भएको बताउनुभयाे । उहाँले भन्नुभयाे- माअाेवादीकाे कुरै नगराै, काङ्ग्रेसबाट समेत लाेकतन्त्रकाे अास गर्नु बेकार भएकाले अहिले जनमत एमालेकाे पक्षमा छ ।

कार्यक्रममा केन्द्रीय तथा जिल्ला कमिटीका नेता,रामेछाप-काठमाडौ सम्पर्क मञ्चका पदाधिकारी लगाएत विभिन्न गाविसका कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन