प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकप"/>

2026-09-19 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेलाई पहिलाे बनाउन स्थानीय तहमा जुटाैँ :रामेछापका नेता


प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं १ द्वारा अायाेजित एक कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका सह ईन्चार्ज विजय गुरूङले ढिलाे चाडाे निर्वाचन हुने भएकाले नेतृत्व पंक्ति स्थानीयस्तरमा लाग्नुपर्ने बताउनुभयाे । गुरूङले सबै एकमत भएर पार्टीकाे नीति तथा कार्यक्रम जनता माझ गए एमाले पहिलाे पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयाे ।

एमाले वैकल्पिक केन्द्रीय सदस्य देवशंकर पाैडेलले एमालेकाे बलमा संविधान घाेषणा भएकाले कार्यान्वयनमा अन्य दल नलागेकाे धारणा राख्नुभयाे । अहिलेकाे सरकार गठबन्धन भारतकाे इसारामा चलेकाले निर्वाचन घाेषणा हुन नसकेकाे बताउनुभयाे । एमाले नीति बनाउने तर नेतृत्व अरूले लिने हुदाँ जनताकाे विस्वास जित्न नसकेकाे बताउदै पाैडेलले स्थानीय स्तर सक्रिय भए जित सुनिश्चित हुने स्पष्ट पार्नुभयाे ।

यस्तै सासंद कमला सुवेदीले राष्ट्रलाई विभाजन गर्ने गरि अाएकाे संविधान संशोधन विद्येयक संसदबाट पास हुन नदिने बताउनुभयाे । उहाँले स्थानीय निर्वाचन नभए देश अस्थिरता तर्फ धकिलिने भएकोले चुनावमा जानुकाे विकल्प नभएकाे बताउनुभयो। सुवेदीले जिल्लाकाे विकास र समस्या समाधानको लागि अाफू निरन्तर लागेकाे बताउनुभयो ।

एमाले प्रदेश नं ३ का सदस्य कैलाश ढुङ्गेलले कांग्रेसकाे समाजवाद माअाेवादिसँग मिलेपछि समाप्त भएको बताउनुभयाे । उहाँले भन्नुभयाे- माअाेवादीकाे कुरै नगराै, काङ्ग्रेसबाट समेत लाेकतन्त्रकाे अास गर्नु बेकार भएकाले अहिले जनमत एमालेकाे पक्षमा छ ।

कार्यक्रममा केन्द्रीय तथा जिल्ला कमिटीका नेता,रामेछाप-काठमाडौ सम्पर्क मञ्चका पदाधिकारी लगाएत विभिन्न गाविसका कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई