Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीमा सरकारी कामकाज पुरै ठप्प, कार्यालय प्रमुखलाई प्रबेशमा रोक

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरु शर्मा | फाल्गुन १, परासी | नवलपरासीमा कार्यरत स्थानिय निकायका कर्मचारीहरुले आज कामकाज ठप्प पारेका छन् । स्थानीय निकाय कर्मचारी संघ नवलपरासीका कर्मचारीहरुको आन्दोलनले जिल्ला बिकास, गाँउ बिकास  समिति र नगरपालीकाको सम्पुर्ण काम ठप्प भएको हो । आन्दोलनका कारण सेवाग्राहीले भने निकै कठिनाई व्यहोर्नु परेको छ । जरुरी काम पर्दासमेत काम काज पुरै ठप्प भएकाले  समस्या परेको सेवाग्राहीले  गुनासो गरेका छन् ।

माघ १८ गते देखि बिभिन्न चरणमा आंशिक हडताल गर्दै आएका कर्मचारीहरुले आज देखि कार्यालय को कामकाज नै ठप्प पारेका हुन् । कार्यालयको मुल प्रबेशद्धारमा नै धर्ना दिएर आज आन्दोलन जनाएका छन् । बिभिन्न पांच संगठनहरुको अह्वानमा यो आन्दोलन भईरहेको स्थानीय निकाय कर्मचारी संघका पुरुषोक्तम ढकालले बताउनुभएको छ ।

जेष्ठता र बरीष्ठताका आधारमा कर्मचारीलाई सम्माजन सहभागिता गराउनु पर्ने, अबिलम्ब स्थानीय निकायको निर्बाचन गराउनु पर्ने, नयाँ संबिधानको मर्म र भावना अनुरुप स्थानीय तहहरुबाट जनअपेक्षा बमोजिमको प्रभावकारी सेवा प्रवाह गर्न सक्ने सांगठनिक संरचना र जनशक्तिको ब्यबस्थपन गर्नु पर्ने कर्मचारीहरुले माग गरेका छन ।

त्यसै गरी स्थानीय निकायमा बिशौं बर्ष देखि कार्यरत अथायी तथा करारमा रही आफनो जिबनका सृजनशिल समय जनताको सेवामा लगाएका करीब ६ हजार कर्मचारीको सेवालाई निरन्तरता दिदै अब बन्ने ऐन नियम र कार्यबिधिबाटै ब्यबस्थापन गर्न पर्ने उनिहरुको माग रहेको छ ।  कर्मचारीहरुले दुई प्रकारको कर्मचारी संयन्त्र तत्काल खारेज गर्न पर्ने लगायतका बिभिन्न मुख्य ६ बटा र ११ बटा सहायक माग रखेर आन्दोलन गरेको स्थानीय निकाय कर्मचारी संघ नवलपरासीकी अध्यक्ष यमकुमारी सुवेदीले बताउनुभयो ।

कर्मचारीहरुले भोली सोमबार जिल्लाका स्थानीय बिकास अधिकारी ईन्जिनियर, कार्यकाकरी अधिकृत तथा गाबिस सचिवहरुलाई  कार्यालय प्रबेश निषेध गर्ने र निजहरुले प्रयोग गर्ने सवारी साधन पनि सँचालनमा रोक लगाउने लगायतको कार्यहुने स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समितिको निर्णय भएकाले सोही बमोजीम गर्ने बताईएको छ । यति गर्दा पनि माग पुरा नभए आन्दोलनका नँया कार्यक्रम घोषणा गर्न पनि पछि नहड्ने कर्मचारीहरुले बताएका छन् ।