२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा माओवादी पार्टीहरुले छुट्टाछुट्टै जनयुद्ध दिवस मनाए

२०७३, १ फाल्गुन आईतवार १२:३६

फागुन १, नवलपरसाी । फागुन १ अर्थात जनयुद्ध दिवस नवलपरासीका माओवादी पार्टीहरुले छुट्टाछुट्टै मनाएका छन् । गतबर्ष एउटै मञ्चमा मनाएका माओवादी पार्टी नेकपा माओवादी केन्द्र र नेकपा क्रान्तिकारी माओवादीले समेत यसवर्ष एउटै मञ्चमा २२ औं जनयुद्ध मनाउन सकेनन् ।

विप्लव माओवादीले समेत जिल्लामा जनयुद्ध दिवस मनाएन् । जनयुद्ध दिवसका क्रममा नेकपा माओवादी केन्द्र बर्दघाट नगर समितिले बर्दघाटमा कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ भने मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी नवलपरासीले चोरमारामा कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्र बर्दघाटको आयोजनामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य केहर सिंह कुवर, बिशाल गिरी, नगर संयोजक हरिरञ्जन पौडेल रुद्रप्रकाश उपाध्याय ,सिमा गिरी लगायतले माओावादी जनयुद्धले ल्याएको परिर्वतनलाई संस्थागत गर्नुपर्नेमा जोडदिनुभएको थियो । कार्यक्रम रामु पाण्डेको अध्यक्षतामा भएको थियो ।

त्यस्तै क्रान्तिकारी माओवादी नवलपरासीले  ३ महिने अभियान टोलीलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाएको छ । चोरमारामा भएको कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अशोक लम्सालले माओवादी आन्दोलन संसदवादमा फसेको उल्लेख गर्दै क्रान्तिकारी धुब्रीकरण आवश्यक रहेको बताउनुभएको थियो । नेता लम्सालले जनयुद्धका सहिद तथा बेपतामा सपना साकार पार्न क्रान्तिकारी माओवादी अगाडि बढेको उल्लेख गर्नुभयो ।

क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी संकल्पको अध्यक्षता चुडामणि भण्डारीको संचालन पिताम्बर फाल मगरको स्वागतमा भएको कार्यक्रममा अन्तरक्रिया समेत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा २ दिने मोटरसाइकल र्यालीमा सहभागी नेता कार्यकर्ताहरुलाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नवलपरासीले पनि जनयुद्ध दिवस मनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !