१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्ववियु निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशित

१ फाल्गुन २०७३, आईतवार १५:२९

फाल्गुन १, डडेल्धुरा | स्ववियू निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा आइतबार मतदाता नामावली प्रकाशित गरिएको छ । 

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमध्ये तोकिएको समयमा भर्ना भएका विद्यार्थीहरुको नामावली प्रकाशित गरिएको हो । यद्यपी क्याम्पस प्रशासनले स्नातक तह दोस्रो र तेस्रो बर्षका लागि विद्यार्थी भर्नाको मिति तय नगरिकनै बन्द गरिदिएको विद्यार्थी संगठनहरुले आरोप  लगाएका छन् । “त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको मिति तय गरेपछि नयाँ भर्ना बाहेकका अन्य अध्ययनरत विद्यार्थी भर्ना प्रक्रियालाई विद्यार्थी संगठनहरुको समन्वयमा क्याम्पसले मिति तोक्ने प्रावधान रहेको भएपनि हामीहरुको भोटिङ राईट खोसेर एकाएक विद्यार्थी भर्ना प्रक्रिया क्याम्पसले अवरुद्ध गरेको छ” विद्यार्थी नेता खेम अवस्थीले भने—“साथीहरुले भौचर भरेर खल्तीमा राखेको छ, क्याम्पस प्रशासनमा बुझाएको छ तर भर्ना गरिएको छैन्, यसका प्रति हाम्रो आपत्ति छ ।”

यसै विच आइतबार प्रकाशित मतदाता नामावलीमा गम्भिर त्रुटी रहेको, प्रमुख विद्यार्थीहरु नेताहरुकै नाम छुटाइएको र निर्वाचन समितिले कुनै पनि निर्वाचनका प्रत्रियाहरु विद्यार्थी संगठनहरुसंगको समन्वय विना नै अगाडी बढाइएको विद्यार्थी संगठनका नेताहरुले आरोप लगाएका छन् । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको भर्नाको तथ्यांक आधारमा २७६ जनाको नामावली प्रकाशित भएको छ । यद्यपी निर्वाचन तालिका अनुसार प्रकाशित विद्यार्थी मतदाता नामावली माथि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनका लागि फागुन ३ गतेसम्मको समय तोकिएको छ । क्याम्पस स्रोतका अनुसार निर्वाचन समिति पनि क्याम्पस प्रमुखले आफू अनुकुल गठन गरेको खुलेको छ । स्ववियू निर्वाचन समितिमा अधिकांश प्राध्यापक मात्रै राखेको र क्याम्पसका अन्य प्रशसनिक कर्मचारीसंग समन्वय नगरिएको भन्दै कर्मचारीहरुले आन्तरिक विरोध गरिरहेको बुझिएको छ । प्रशासनिक कर्मचारीलाई वास्ता नगरिकनै निर्वाचन समिति एकढंगले चयन गरिएकोमा उनीहरुको चरम असन्तुष्टी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन