Skip to content
Friday, July 17, 2026 Nepali Online Media

स्ववियु निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशित

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>फाल्गुन १, डडेल्धुरा | स्ववियू निर्वाचनका लागि डडेल्धुरा बहुमुखी क्याम्पसमा आइतबार मतदाता नामावली प्रकाशित गरिएको छ ।&nbsp;<br></p><p>क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमध्ये तोकिएको समयमा भर्ना भएका विद्यार्थीहरुको नामावली प्रकाशित गरिएको हो । यद्यपी क्याम्पस प्रशासनले स्नातक तह दोस्रो र तेस्रो बर्षका लागि विद्यार्थी भर्नाको मिति तय नगरिकनै बन्द गरिदिएको विद्यार्थी संगठनहरुले आरोप &nbsp;लगाएका छन् । “त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचनको मिति तय गरेपछि नयाँ भर्ना बाहेकका अन्य अध्ययनरत विद्यार्थी भर्ना प्रक्रियालाई विद्यार्थी संगठनहरुको समन्वयमा क्याम्पसले मिति तोक्ने प्रावधान रहेको भएपनि हामीहरुको भोटिङ राईट खोसेर एकाएक विद्यार्थी भर्ना प्रक्रिया क्याम्पसले अवरुद्ध गरेको छ” विद्यार्थी नेता खेम अवस्थीले भने—“साथीहरुले भौचर भरेर खल्तीमा राखेको छ, क्याम्पस प्रशासनमा बुझाएको छ तर भर्ना गरिएको छैन्, यसका प्रति हाम्रो आपत्ति छ ।”</p><p>यसै विच आइतबार प्रकाशित मतदाता नामावलीमा गम्भिर त्रुटी रहेको, प्रमुख विद्यार्थीहरु नेताहरुकै नाम छुटाइएको र निर्वाचन समितिले कुनै पनि निर्वाचनका प्रत्रियाहरु विद्यार्थी संगठनहरुसंगको समन्वय विना नै अगाडी बढाइएको विद्यार्थी संगठनका नेताहरुले आरोप लगाएका छन् । विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको भर्नाको तथ्यांक आधारमा २७६ जनाको नामावली प्रकाशित भएको छ । यद्यपी निर्वाचन तालिका अनुसार प्रकाशित विद्यार्थी मतदाता नामावली माथि दावी विरोध तथा अन्तिम नामावली प्रकाशनका लागि फागुन ३ गतेसम्मको समय तोकिएको छ । क्याम्पस स्रोतका अनुसार निर्वाचन समिति पनि क्याम्पस प्रमुखले आफू अनुकुल गठन गरेको खुलेको छ । स्ववियू निर्वाचन समितिमा अधिकांश प्राध्यापक मात्रै राखेको र क्याम्पसका अन्य प्रशसनिक कर्मचारीसंग समन्वय नगरिएको भन्दै कर्मचारीहरुले आन्तरिक विरोध गरिरहेको बुझिएको छ । प्रशासनिक कर्मचारीलाई वास्ता नगरिकनै निर्वाचन समिति एकढंगले चयन गरिएकोमा उनीहरुको चरम असन्तुष्टी रहेको छ ।&nbsp;</p>